एजेन्सी – राल्फ राङनिक प्रशिक्षकको रुपमा जिम्मेवारी सम्हालेपछिको तेस्रो खेलमा म्यानचेस्टर युनाइटेडले शनिबार नर्विच सिटीको भ्रमण गर्दैछ। प्रिमियर लिगको १६ औं खेलमा युनाइटेडले लिगको पुच्छरमा रहेको नर्विच सिटीको भ्रमण गर्न लागेको हो। खेल नेपाली समय अनुसार शनिबार राति ११ बजेर १५ मिनेटमा शुरु हुनेछ।
शनिबार हुने खेलमा राल्फ युनाइटेड प्रशिक्षकको रुपमा दोस्रो जितको खोजिमा हुनेछन् भने युनाइटेड प्रिमियर लिगमा लगातार तेस्रो जित दर्ता गर्ने दाउमा हुनेछ। त्यस्तै नर्विच सिटी भने युनाइटेडलाई पराजित गर्दै सिजनको तेस्रो जित दर्ता गर्ने दाउमा हुनेछ।
नर्विच सिटी प्रिमियर लिगको पुच्छरमा रहेको छ। सिजनका १५ खेल खेल्दा नर्विच सिटीले मात्रै २ खेलमा जित निकालेको छ। नर्विचले ९ खेलमा पराजय भोग्द ४ खेलमा बराबरी खेलेको छ। नर्विचको मात्रै १० अंक छ।
उता युनाइटेड भने लिगको छैठौं स्थानमा रहेको छ। युनाइटेडले १५ खेलमा ७ जित निकाल्दा ५ खेलमा हारेको छ। बाँकी ३ खेल भने युनाइटेडले बराबरी खेलेको छ। युनाइटेडको २४ अंक छ।
राल्फको रोजाईमा रोनाल्डो पर्लान् कि नपर्लान् ?
च्याम्पियन्स लिगमा योङ ब्वाइज विरुद्धको खेलमा राल्फले क्रिस्टियानो रोनाल्डो सहितका विभिन्न खेलाडीहरुलाई टोली बाहिर राखेका थिए। तर नर्विच विरुद्धको खेलमा भने राल्फले रोनाल्डो सहितका खेलाडीहरुलाई शुरुवाती ११ मा ल्याउनेछन्।
खेल कुन च्यानलमा हेर्ने ?
नर्विच र युनाइटेड बीचको खेल कुनै पनि नेपाली च्यानलले प्रशारण गर्नेछैनन्। खेल भारतीय च्यानलमा हेर्न सकिनेछ। नर्विच र युनाइटेड बीचको खेल स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ।