“मेस्सी-नेयमार-एम्बाप्पे भएसम्म पिएसजीले बायर्नलाई हल्लाउन समेत सक्दैन”

एजेन्सी – बायर्न म्युनिखका पूर्व मिडफिल्डर डिडी हामानले च्याम्पियन्स लिगमा बायर्न र पेरिस सेन्ट जर्मेन(पिएसजी) आमने-सामने भएको हेर्ने इच्छा जाहेर गरेका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा हामानले बायर्न र पिएसजी भिडेको हेर्ने चाहना व्यक्त गरेका हुन्।

स्काई स्पोर्ट्स जर्मनीसँग कुराकानी गर्दै हामानले लियोनेल मेस्सी, नेयमार र किलियन एम्बाप्पे भएसम्म पिएसजीले बायर्नलाई चुनौती दिन नसक्ने बताए। मेस्सी, नेयमार र एम्बाप्पेले खेलेपनि बायर्न विरुद्ध काम नलाग्ने हामानको भनाई छ।

“निस्सन्देह, बायर्न विरुद्ध पिएसजी खेलेको हेर्न मज्जा आउनेछ। तर मलाई लाग्दैन कि मेस्सी, नेयमार र एम्बाप्पे भएसम्म पिएसजीले बायर्नलाई चुनौती दिन सक्छ। उनीहरु खेल्न त खेल्छन्, तर यसले काम गर्दैन।”,हामानले भने।

हामानले म्यानचेस्टर सिटी विरुद्ध भने पिएसजीले धेरै राम्रो खेलेको बताए। सिटी विरुद्धको खेलमा पिएसजीको डिफेन्सले कमाल गरेको हामानको भनाई छ। उनले भने,”म्यान सिटी विरुद्धको जित अपवाद थियो। किनभने उनीहरूले त्यो खेलमा रक्षात्मक टोलीको रूपमा धेरै नै राम्रो खेले।”

त्यस्तै हामानले बायर्नका लागि चेल्सी र एट्लेटिको म्याड्रिड धेरै नै कठिन प्रतिद्वन्द्वी हुन सक्ने पनि बताए। पछिल्लो समय दुवै टोली केहि संघर्षरत देखिएपनि बायर्नका लागि धेरै नै घातक हुन सक्ने हामानको भनाई छ।

“बायर्नको दृष्टिकोणबाट चेल्सी र एट्लेटिको विरुद्ध खेल्न धेरै गार्हो पर्न सक्छ। केहि खेलमा संघर्ष गरिरहेपनि दुवै टोली बायर्नका लागि धेरै नै घातक बन्न सक्छन्।”,उनले भने।

प्रकाशित : शुक्रबार, मङि्सर २४, २०७८२०:४८

बार्सिलोनासँग सबै डराउन छाडे, लाजियोका प्रशिक्षकको इच्छा सुनेर सबै छक्क !