एजेन्सी – नेदरल्याण्डका पूर्व खेलाडी रोन भ्लारले बार्सिलोनाका डच मिडफिल्डर फ्रेन्की डी जोङलाई बार्सिलोना छाड्ने सुझाव दिएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा भ्लारले डी जोङलाई बार्सिलोनालाई छाडेर अन्यत्र जान सुझाव दिएका हुन्।
डी जोङले डी जोङ बार्सिलोना छाडेर बायर्न म्युनिख जानुपर्ने बताए। डी जोङ राम्रो फुटबल खेल सक्ने भएपनि बार्सिलोनामा भनेजस्तो माहोल नमिलिरहेको भ्लारको भनाई छ।
भ्लारका अनुसार डी जोङ ठूलो दबावमा छन्। डी जोङलाई ५० किलो आलु बोकेर खेल्नु परेजस्तै अफ्ठेरो भैरहेको भ्लारले बताए। डी जोङ फुटबल मैदानमा अकाम्ल गर्न सक्ने खेलाडी भएपनि वातावरण नमिलिरहेको भ्लार बताउँछन्।
“डी जोङ पिठ्युँमा ५० किलो आलु बोकेर खेले जस्तै खेलिरहेका छन्। उनको स्तर यो होइन। उनी मैदानमा धेरै राम्रो गर्न सक्छन्। मलाई लाग्छ उनी गलत ठाउँमा छन्। उनले क्लब परिवर्तन गर्नुपर्छ। फ्रेन्कीले बायर्न जस्तो टोलीका लागि फरक तरिकाले फुटबल खेल्न सक्छन्।”,भ्लारले भने।
भ्लारको कुरामा अर्का डच पूर्वखेलाडी डर्क कुइटले पनि धेरै हद सम्म सहमत जनाए। उनका अनुसार डी जोङ आफ्नो स्तरको प्रदर्शन गर्न सकिरहेका छैनन्। डी जोङले आयक्समा हुँदा जस्तो खुलेर खेल्न नसकिरहेको डर्क कुइटको भनाई छ।
कुइटले भने,”बायर्न विरुद्ध उनले शुट गर्ने मौकालाई कुर्दै-कुरेनन्। उनले आक्रमण गर्ने आँट गर्न सक्नुपर्छ। खेललाई परिवर्तन गर्न सक्ने गरी उनले खेल्नुपर्छ।”