मेष (चु चे चो ला लि लु ले लो अ)
बाधाहरू आइरहनेछन् तर त्यसलाई नियन्त्रण गर्न सक्ने शक्ति पनि बलियो नै हुनाले खास चिन्ता मान्नु पर्दैन । आइतबार र सोमबार बढी खर्च हुनेछ । मङ्गलबारको दिन स्वास्थ्यसम्बन्धी समस्या पर्न सक्छ । अरू दिन भने राम्रा खालका छन् । गणेशको दर्शन गर्नुहोस् ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
पूर्वाद्र्ध निकै राम्रो खालको छ । आफ्नो र परिवारको स्वास्थ्यमा आएको समस्याले खर्चको मात्रा पनि बढाइरहला । एकै थलोमा बस्न मन लाग्ने छैन । व्यापारसम्बन्धी काममा आएको बाधा यो सातामा हट्ने देखिन्छ । यात्राको सम्भावनासमेत टड्कारो रूपमा देखा पर्नेछ ।
मिथुन (का कि कु घ ङ छ के को हा)
सातालाई राम्रो रूपमा लिन सकिन्छ । धार्मिक एवं कल्याणकारी काम गर्नमा मन जाला भने गरेका काम सफल पनि हुनेछन् । आर्थिक स्थिति राम्रो खालको रहला । पारिवारिक स्वास्थ्य भने अझै पनि सप्रिएको देखिन्न । देवीको सेवा नगरीकन त्यसलाई हटाउन सकिन्न ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
शनिबारको दिन त्यति राम्रो छैन । सोच्दै नसोचेका समस्या आएर मानसिक चिन्ता बढाइरहला । बेलुकीदेखि मात्र समस्या समाप्त हुनेतिर पुग्नेछ । आइतबारदेखिको बाँकी दिन गतिला खालका छन् । असल काम हुनेछन् । गरेका काममा राम्रै सफलता पाउनुहुनेछ ।
सिंह (मा मि मु मे मो टा टी टू टे)
मध्यम खालको साता छ । मान प्रतिष्ठामा आएको ह्रास बिस्तारै घटेर जाला तर खर्चको मात्रा भने घट्ने छैन । तपाईंमाथि अनेकौँ अपवाद र दोषसमेत लाग्नसक्छ । शिक्षाको क्षेत्रमा पनि प्रगति देखिन्न । एकाग्रताको अभावले पिरोलिरहला ।
कन्या (टो पा पी पू ष ण ठ पे पो)
केही बाधा आए पनि त्यसलाई छिमल्न सकिनेछ । पूर्वाद्र्धभन्दा उत्तराद्र्ध राम्रो खालको छ । पढाइमा समेत आंशिक सुधार भइरहला । व्यापारसम्बन्धी काममा बढी दौडधूप गर्नु पर्नेछ । शिवजीको दर्शन गरिरहनुहोस् ।
तुला (र रि रु रे रो ता ति तु ते)
सातालाई राम्रै रूपमा लिन सकिन्छ । पढाइ एवं लेखाइ समान गतिमा चल्ला । नोकरीमा भन्दा व्यापार, व्यवसायको कामबाटै फाइदा हुनेछ । परिवारबाट मद्दत मिलिरहला । प्राविधिक खाले काममा विशेष सफलता देखा पर्छ ।
वृश्चिक (तो ना नि नू ने नो या यि यू)
सुरुको दिनमा मन खिन्न भए पनि आइतबारदेखि त्यसमा सुधार हुनेछ । बाधा दिने तìवहरू निकै छन् । त्यसलाई हटाउन गणेशको आराधना गरिरहनुहोस् । शिक्षाको क्षेत्रमा सामान्य प्रगति मात्र छ । परिवार एवं मित्रको मद्दतले भने निकै काम गर्ला ।
धनु (ये यो भा भी भू ध फा ढा भे)
सोमबारसम्मका दिनहरू मध्यम खालका छन् । मङ्गलबारको दिनमा निकै खर्च गरेपछि मात्र काम बन्ला । बुधबारदेखि केही राम्रा अवसर आउन सक्छन् । व्यापारसम्बन्धी काममा सीमित लाभ मात्र होला, हानि देखिन्न । नारायणको दर्शन गरिरहनुहोस् ।
मकर (भो जा जी जू जे जो ख खी खू खे खो गा गी)
खर्च बढे पनि निराश हुनुपर्ने समय छैन । नजिकका भन्दा टाढाका मित्रले सहयोग गर्नेछन् । परिवारबाट ठूलो सन्तुष्टि हुने बेला छैन । विवाहको काममा समेत अवरोध आउला जस्तो छ । भगवतीको सेवा गर्नुहोस् र पीपलमा नित्य जल चढाउनुहोस् ।
कुम्भ (गू गे गो सा सी सु से सो दा)
यो सातालाई राम्रो रूपमा लिन सकिन्छ । शनिबारको दिनमा मित्रसँग भेटघाट हुनुका साथै रमाइलो पनि प्रशस्त गरिएला । आइतबारदेखिका दिनहरू लाभप्रद छन् । आयको स्रोत बलियो हुनाले पैसाको सञ्चय नै हुने बेला छ । जागिरबाट भने ठूलो उपलब्धि देखा पर्दैन ।
मीन (दी दू थ झ ञ दे दो चा ची)
शनिबारको दिनमा बढी खर्च होला । आइतबारदेखिका दिनहरू अनुकूल खालका छन् । मनमा भएको भय एवं शङ्का बिस्तारै हटेर जाला भने काम गर्ने जमर्को पनि प्रशस्त चल्नेछ । व्यापार, व्यवसायबाट भएको लाभले सानातिना समस्या सजिलैसित समाधान होला ।
• ज्योतिषाचार्य दामोदरनाथ लोहनी