राजतन्त्रलाई नेपालले भूत भनेपछि …

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र कुनै हालतमा नब्युँतिने दावी गरेका छन्। शनिबार बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेपालले राजतन्त्र अब कुनै हालतमा नब्युँतिने दावी गरेका हुन्।

समाजवादी प्रेस संगठन (रुपन्देही) ले शनिबार बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेक्रममा नेपालले इतिहासको रछ्यानमा फालिसकेको सामन्तवादको प्रतीकका रूपमा रहेको राजतन्त्र नब्युँतिने नेपालले बताए।

राजतन्त्रलाई भूतको संज्ञा नेपालले जगाउने कोसिस नगर्न सबैलाई आग्रह गरे। युवा पुस्ताले प्रतिगामी चिन्तन छाडेर अग्रगामी सोच राख्नुपर्ने नेपालको भनाई छ।

“समाप्त भइसकेको इतिहासको रछ्यानमा फालिसकेको सामन्तवादको प्रतीकका रूपमा रहेको राजतन्त्रलाई फेरि जगाउने कोसिस भइरहेको छ। त्यो भूत जगाउने कोसिस नहोस्, मैले राजेन्द्रजी (राप्रपा अध्यक्ष) लाई भन्न चाहान्छु, युवा पुस्ताले प्रतिगामी चिन्तन नराख्नुस्, अग्रगामी सोच राख्नुस्।”,नेपालले भने।

शुक्रबार मात्रै नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नयाँ राजनीतिक दल गठन गर्न सुझाव दिएका थिए। शुक्रबार नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा शुक्रबार शुभकामना मन्तव्य व्यक्त गर्नेक्रममा नेपालले त्यस्तो सुझाव दिएका हुन्। उनले भनेका थिए,”राजनीति गर्ने भए राजाले पनि नयाँ पार्टी खोले हुन्छ, नत्र व्यापार गरे हुन्छ । नेपालको रक्षा हामी नेपाली जनताले गर्न सक्छौं”

प्रकाशित : शनिबार, मङि्सर २५, २०७८१४:०३

चोरीको आरोप लगाउने ओलीलाई गगनको काउन्टर !