चोरीको आरोप लगाउने ओलीलाई गगनको काउन्टर !

काठमाडौँ – नेपाली कांग्रेसका प्रभावशालि नेता गगन कुमार थापाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन्। नारा चोरीको आरोप लगाएका ओलीलाई गगनले शनिबार जवाफ फर्काएका हुन्।

शुक्रबार नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीले काठमाडौंमा आयोजना गरेको दसौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी र सदस्यहरूलाई बधाई, सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गगन माथि नारा चोरीको आरोप लगाएका थिए।

ओलीले लगाएको आरोपमा काउन्टर दिँदै थापाले हतारमा ओलीले टिप्पणी गरेको अभिव्यक्ति दिए। गगनका अनुसार ओलीले कपि गरेको भनेको ‘समुन्नत नेपालःसम्मानित नेपाली’को अवधारणाको पक्षमा आफू पहिला देखि नै रहेको स्पष्ट पारे। नेपाली कांग्रेसको तेर्हौं महाधिवेशनमै आफूले सो अवधारणा प्रस्तुत गरेको थापाको भनाई छ।

थापाले ओलीको अभिव्यक्तिलाई काउन्टर दिंदै भनेका छन्,”आदरणीय केपी ओलीज्यू, चौधौं महाधिवेशनको पूर्वसध्यामा स्नेही कांग्रेस जनमाझ सल्लाह, सुझाव र छलफलका लागि मैले प्रस्तुत गरेको ‘समुन्नत नेपालःसम्मानित नेपाली’को अवधारणा तपाईंले पनि पढेको थाहा पाएर खुसी लाग्यो। तर टिप्पणी चाहिँ अलि हतारमा गर्नु भएछ।”

०७२ सालमा संविधान जारी भएपछि सम्पन्न तेह्रौं महाधिवेशनमै कांग्रेसको सम्पूर्ण राजनीति अब ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को निर्माणमा समर्पित हुनुपर्छ, नीति र कार्यक्रमसहित त्यसलाई कार्यान्वयन गर्नसक्ने बन्नका लागि पार्टीको रूपान्तरण हुनुपर्छ भनेर निरन्तर प्रस्ताव गर्दै आएको थापाले ओलीलाई स्मरण गराएका छन्।

प्रकाशित : शनिबार, मङि्सर २५, २०७८१६:३८

देउवाले भने – ‘सभापतिमा निर्वाचित भए तीनै तहमा पार्टीलाई बहुमत दिलाउँछु’