जाभीको दिर्घकालिन योजनामा ३ खेलाडी, अब कसैले पनि छुन नसक्ने !

एजेन्सी – संकटग्रस्त बार्सिलोनाको उद्धारमा लागि क्याटलान फिर्ता भएका जाभी हर्नान्डेजको बाटो स्पष्ट छ – क्लबको एकेडेमीका खेलाडी र क्लबमा उपलब्ध खेलाडीहरुको भर पर्दै अगाडी बढ्ने। बार्सिलोना चरम आर्थिक समस्यामा भएका कारण जाभीले अन्य क्लबका खेलाडीहरु माथि नजर लगाउन पाउने छैनन्।

बार्सिलोना अहिले जति समस्यामा छ, त्यति समस्यामा सायदै इतिहाँसमा कहिल्यै थियो। बार्सिलोना अहिले कुनै पनि खेलाडी किन्न सक्ने अवस्थामा छैन। बार्सिलोनाले यदि कुनै पनि खेलाडी भित्र्याउन चाहन्छ भने उसले क्लबमा रहेका केहि खेलाडीहरु बेच्नुपर्नेछ।

पछिल्लो एक चर्चाका अनुसार बार्सिलोनाले सामुएल उम्टिटी, लुक डे जोङ, सर्जिनो डेस्ट र ओस्कर मिङ्गुएजालाई पनि बेच्ने सोच बनाएको छ। बार्सिलोनाले यी खेलाडीहरुलाई बेचेर अर्थ जोहो गर्न सकेको खण्डमा मात्रै खेलाडी किन्न सक्ने अवस्था बन्नेछ।

यी खेलाडी जाभीको दिर्घकालिन योजनामा

क्लबका पूर्वखेलाडी समेत रहेका जाभीलाई बार्सिलोनाले दिर्घलैन योजनाका लागि बार्सिलोनामा ल्याएको हो। क्लबलाई कसरी अगाडी बढाउने र हालको अवस्थाबाट क्रमिक रुपमा कसरी मुक्त हुने भन्ने सम्पूर्ण जिम्मेवारी जाभीको हातमा छ।

जाभीले समस्याबाट बार्सिलोनालाई मुक्त गराउन सबै भन्दा बढी युवा खेलाडीहरुको भर पर्ने संकेत गरिसकेका छन्। स्पेनिस मिडियाहरुका अनुसार अन्सु फाती, गाभि र निको गोन्जालेजलाई जाभीले दिर्घकालिन योजनामा राखेका छन्। यी तीन खेलाडी जहिले पनि जाभीको रोजाईमा पर्नछन्।

प्रकाशित : शनिबार, मङि्सर २५, २०७८१७:५०

पिएसजी, सिटीले चासो राखेपछि बार्सिलोना छाड्ने-नछाड्ने बारे पेड्रीले मुख खोले, के भने ?