एजेन्सी – स्पेनिस युवा मिडफिल्डर पेड्रीले आफू बार्सिलोनामै प्रतिवद्ध रहने स्पष्ट परेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा पेड्रीले आफू बार्सिलोनामै रहने स्पष्ट पारेका हुन्।
टुट्टोस्पोर्टसँग कुराकानी गर्नेक्रममा पेड्रीले आफू बार्सिलोनामै सन्तुष्ट रहेको बताए। म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट जर्मेन(पिएसजी), म्यानचेस्टर सिटी जस्ता क्लबको नजर आफू माथि रहेपनि बार्सिलोनामै रहन कटिवद्ध रहेको पेड्रीको भनाई छ।
“म्यान युनाइटेड, म्यानचेस्टर सिटी वा पीएसजीले मलाई अनुबन्ध गर्न चाहन्छन् ? म बार्सामै खुशी छु। यो मेरो सपना हो।”,टुट्टोस्पोर्टले विभिन्न क्लबले अनुबन्ध गर्न चाहेको उल्लेख गर्दै प्रश्न गर्दै पेड्रीले भने।
पेड्री पछिल्लो सिजन देखि उच्च लयमा छन्। उनी स्पेन तथा बार्सिलोनाको प्रमुख टोलीको हिस्सा रहँदै आएका छन्। गत अक्टोबरमा उनले बार्सिलोनासँग सन् २०२६ सम्मका लागि सम्झौता थप गरेका थिए। बार्सिलोनाको दिर्घकालिन योजनामा रहेका उनले यस वर्षको गोल्डेन ब्वाई अवार्ड र कोपा अवार्ड पनि जितिसकेका छन्। बार्सिलोनासँग दिर्घकालिन सम्झौता गरेपनि उनलाई विभिन्न क्लबहरुले प्राथमिकतामा राखेका छन्।
अन्तर्वार्ताका क्रममा पेड्रीले आफू सन् २०२६ सम्म नै बार्सिलोनामा रहने बताए। उनले भने,”पहिला सन् २०२६ सम्म यहाँ खेलौं, अनि बिचार गरौंला। भर्खरै मैले सन् २०२६ सम्मका लागि सम्झौता गरेको छु।”