“सभापति चुनाव हारें भने प्रधानमन्त्री पद पनि जान्छ, मलाई नै सभापति बनाइदेउ” प्रम. देउबा

२६ मंसिर, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू कांग्रेस सभापतिका हुने हुने मतदानमा पराजित भए आफूलाई सरकारबाट हटाउने बताएका छन्। पार्टीको चुनावमा पराजित हुनेले कसरी देश चलाउँछ भनेर आफूलाई सरकारबाट हटाउने भन्दै देउबाले आफूलाई सभापति मतदानमा विजयी गराउन आग्रह गरेका छन्।

आज एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउबाले यस्तो बताएका हुन्। कार्यक्रममा बोल्दै उनले पार्टी कै मतदानमा पराजित हुने व्यक्तिले कसरी देश हाँक्छ र के सरकार प्रमुख बन्न सक्छ भन्ने प्रश्न आफू माथि उठ्ने भएकोले पनि आफूलाई पार्टी सभापतिमा पुन: निर्वाचित गर्न सबैलाई आग्रह गरेका छन्।

आइतबार आयोजना भएको एक शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै देउबाले भने, “पार्टी सभापतिको मतदान हारें भने प्रधानमन्त्रीको पदमा बस्न शेरबहादुरको नैतिकताले नै दिँदैन भन्दै हल्ला गर्न सुरु गर्छन्। त्यसैले पनि महाधिवेशनमा मैले नै सभापतिको चुनाव जित्नु आवश्यक छ। यहि चुनाव नजिते पार्टी कै चुनाव नजित्ने के प्रधानमन्त्री बन्छ के देश चलाउछ भन्छन्।”

आफू पुन: पार्टी सभापतिमा निर्वाचित भए नेपाली कांग्रेसलाई मेरो नभएर हाम्रो र सबैको पार्टी बनाउने पनि दाबी गरेका छन्। सबैको माग पूरा गर्ने प्रतिवद्दता जनाउँदै आफू हारे आफ्नो प्रधानमन्त्रीको पद पनि फुत्किने बताउँदै सबैलाई आफूलाई नै जिताउन आग्रह गरेका छन्।

प्रकाशित : आइतबार, मङि्सर २६, २०७८१५:०८

यसो हेर्दा मैले नै सभापति जित्नुपर्ने देखिन्छ: देउबा