११ महिना कै कम विन्दुमा पुग्यो नेप्से, १८४ कम्पनीका लगानीकर्ता डुबे !

काठमाडौँ – साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८८.६६ अङ्कले ओरालो लागेर दुई हजार ३६१ मा ओर्लेको छ । यो अंक करिब ११ महिनायताकै न्यून हो। भदौ २ गते नेप्सेले हालसम्मै उच्च अंक ३१९८ रेकर्ड बनाएपछि ओरालो लाग्ने क्रम जारी रहेको छ।

नेप्से परिसूचक ओरालो लागे  पनि कारोबार रकममा भने केहि सुधार भएको छ । गत बिहीबार २ अर्ब ६७ करोडको कारोबार भएको थियो भने आज आइतबार केहि सुधार भएर कारोबार रकम ३ अर्ब १९ करोड रुपैयाँ रहेको छ।

नेप्सेका अनुसार कारोबार भएका सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४४, ब्यापार १८९, होटल तथा पर्यटन ८७, विकास बैंक २८१, जलविद्युत १२४, फाइनान्स १००, निर्जीवन बीमा ४९०, उत्पादन १८६, अन्य ६३, माइक्रोफाइनान्स १७५, जीवन बीमा ५०७ र लगानी उपसमूह ३ अंकले  ओरालो लागेको छ ।

आइतबार १८४ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा जम्मा ५ कम्पनीको सेयर मूल्य बढेको छ। सबैभन्दा बढी युनिलिभर नेपालको सेयर मूल्य २ प्रतिशतले बढ्यो भने मूल्य बढेका अरू ४ कम्पनीमा स्वाभिमान लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स र सपोर्ट माइक्रोफाइनान्स छन्। सबैभन्दा बढी गुमाउनेमा नयाँ सारथी लघुवित्त रहेको छ। यस कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो।

प्रकाशित : आइतबार, मङि्सर २६, २०७८१६:०५

नेप्सेमा पहिरो जाँदा पनि यी कम्पनीमा लगानी हुने मालामाल !