बिहिबार देखि शुरु हुँदै खरमास, एक महिना के गर्ने, के नगर्ने ?

प्रत्येक महिना सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्छ। यस हिसाबले हरेक महिना संक्रान्ति हुन्छ। जब सूर्य ग्रह धनु वा मीन राशिमा प्रवेश गर्छ उक्त एक महिनालाई खरमास भनिन्छ। हिन्दू धर्ममा खरमसको क्रममा कुनै पनि शुभ काम गरिँदैन। यहि डिसेम्बर १६ बाट खारमास लाग्दैछ। १६ डिसेम्बर बिहान ४ बजेर १४ मिनेटबाट सूर्य धनु राशिमा प्रवेश गर्नेछ। खरमासभर शुभ कार्यहरु जस्तै: विवाह, भूमि पूजा र गृह प्रवेश आदि एक महिनाभरि गर्न हुँदैन भन्ने धरिम्क विश्वास रहेको छ। जान्नुहोस् कि पुस महिनामा के गर्नु शुभ हुन्छ र के कार्यहरू गर्न निषेध गरिएको छ।

खरमासको समयमा के गर्नु पर्छ ? 

खरमसको क्रममा सूर्यदेवको नियमित आराधना गर्नुपर्छ। यसो गर्नाले भगवान सूर्यको कृपाले मान-सम्मान र पद-प्रतिष्ठा बढ्नेछ। खरमासमा दान गर्नु निकै पुण्यकारी हुन्छ। यस समयमा ब्राह्मण, गुरु र साधुको सेवा गर्नु पर्छ। साथै यो महिना गौ माताको सेवा गर्नु निकै फलदायी मानिन्छ।

खरमासको समयमा जगन्नाथ भगवान श्री हरि विष्णुको पूजा गर्नु धेरै लाभदायक हुन्छ। यसो गर्नाले घरमा सुख-समृद्धि रहि रहन्छ।
खरमासको अवधिमा मानिसले सूर्योदय हुनु अघि दैनिक स्नान गर्नुपर्छ र भगवानको ध्यान गर्नुपर्छ र संध्या वन्दन गर्नुपर्छ।

खरमासमा के नगर्ने ? 

खरमासको समयमा विवाह, गृह प्रवेश इत्यादि शुभ कार्य गर्नु हुँदैन। खरमासको समयमा बिहान ढिलासम्म सुत्नु हुँदैन र पलंगमा सुतुनु हुँदैन। भुइँमा सुत्नु उत्तम हुन्छ।

यस समयमा, कसैलाई अपवित्र भन्नु हुँदैन, बहस गर्नबाट जोगिनुहोस्। असत्यलाई त्याग्नुहोस्। खरमासको समयमा सात्त्विकता कायम राख्नुहोस्। मासु, रक्सी तथा कुनै अन्य नसालु पदार्थ सेवन नगर्नुहोस्।

प्रकाशित : आइतबार, मङि्सर २६, २०७८१६:४१

सूर्य राशि परिवर्तन गरेर धनु राशिमा प्रवेश, यी ७ राशिलाई अत्याधिक शुभ: हुनेछ फलिफाप!