ओरालो यात्रामा मेस्सी र रोनाल्डो, गुम्दै वर्चस्व !

एजेन्सी – झन्डै डेढ दशक भन्दा लामो समय देखि विश्वफुटबलमा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको वर्चस्व छ। क्लब स्तरीय देखि व्यक्तिगत उपाधि सम्ममा यी दुईको अधिपत्य रह्यो। गएको दशकमा दुवैले जुन स्तरको खेल प्रदर्शन गरे, त्यसले दुवैलाई फुटबल इतिहाँसको अभिन्न हिसा बनाएको छ।

अहिले सम्म रोनाल्डोले ८ सय भन्दा बढी गोल गरिसकेका छन् भने मेस्सी पनि ८ सय गोल तर्फ अगाडी बढ्दै छन्। अविश्वसनीय रूपमा एकनासको प्रदर्शन गरिरहेका यी दुई खेलाडीको नाममा १२ बालोन डी’ओर छ। उत्कृष्ट फुटबलरलाई दिइने उक्त उपाधिको आधारमा पनि यी दुई खेलाडी कति महान् छन् भन्ने कुरा पुष्टि हुन्छ।

डेढ दशक फुटबल जगतमा राज गरेपनि दुवै खेलाडी आफ्नो फुटबल करियरको अन्तिम अवस्थामा छन्। दुवैसँग अब केहि वर्ष मात्र बाँकी छ। पछिल्ला वर्षहरुमा उच्च प्रदर्शन गरिरहेपनि दुवैको प्रदर्शनमा ह्रास देखिएको छ। गोल गर्न सकेपनि दुवै आफ्नो टोलीलाई पहिले जस्तै एक्लै बोक्न सक्ने अवस्थामा छैनन्।

उमेरको असर

रोनाल्डो र मेस्सी दुवैमा उमेरको प्रभाव देखिन थालेको छ। दुवै खेलाडी फुटबल निसन्देह गज्जबको कला देखाउने क्षमता त राख्छन्, तर पहिला जस्तो स्फुर्त रुपमा फुटबल खेल्न सक्दैनन्। पहिला दुवै खेलाडी सिङ्गो टोलीलाई आफ्नो काँधमा बोकेर हिड्न सक्थे। तर अहिले अवस्था त्यस्तो छैन। उमेर ढल्किँदै गएको अवस्थामा दुवै खेलाडीहरुको गतिमा कमि आएको छ।

त्यस्तै नयाँ खेलाडीहरुको उदयले पनि मेस्सी र रोनाल्डोलाई अलि कम्जोर देखाइदिएको छ। किलियन एम्बाप्पे र एर्लिंङ हालाण्ड जस्ता खेलाडीहरुले पछिल्लो केहि वर्ष देखि जुन स्तरको खेल प्रदर्शन गरिरहेका छन्, त्यसको तुलनामा मेस्सी र रोनाल्डो अलि कम्जोर देखिएका छन्। पेरिस सेन्ट जर्मेन(पिएसजी)का लागि एम्बाप्पेले १ सय ९३ खेलमा १ सय ४२ गोल गरिसकेका छन्। त्यस्तै हालाण्ड पनि उस्तै लयमा छन्। बोरुसिया डर्टमन्डका लागि उनले ७२ खेलमा ७४ गोल गरिसके।

क्लब परिवर्तन पछि धर्मराए दुवै

रोनाल्डो यसै सिजन युभेन्टसबाट म्यानचेस्टर युनाइटेड पुग्दा मेस्सी बार्सिलोनाबाट पिएसजी पुगे। च्याम्पियन्स लिगमा दुवै प्रभावकारी देखिएपनि घरेलु लिगमा भने कम्जोर देखिरहेका छन्। पहिला पनि प्रिमियर लिगमा खेलिसकेका कारण रोनाल्डोको अवस्था केहि राम्रो छ। तर मेस्सी भने फ्रेन्च लिग वानमा लय समाउन सकिरहेका छैनन्।

प्रकाशित : सोमबार, मङि्सर २७, २०७८२२:३५

कांग्रेस सभापति मतगणना : ४१७४ मत गन्दा १९९५ मतले देउवा अगाडि, अब ५०० मत गन्न बाँकी