बार्सिलोनालाई झड्का दिने तयारीमा लिभरपुल, यी खेलाडीमा पर्यो क्लोपको नजर !

एजेन्सी – कम उमेरमै राम्रो छाप छाड्न सफल बार्सिलोनाका स्पेनिस मिडफिल्डर गाभी माथि प्रिमियर लिग क्लब लिभरपुलको नजर रहेको खुलासा भएको छ। विभिन्न स्पेनिस मिडियाहरुले गाभी माथि लिभरपुलको नजर रहेको खुलासा गरेका हुन्।

गाभीले गएको केहि समय देखि बार्सिलोना तथा स्पेनका लागि जुन स्तरको खेल प्रदर्शन गरिरहेका छन्, त्यसले उनलाई धेरैको क्लबको प्राथमिकतामा पारिदिएको छ। एल नेसियोनलका अनुसार लिभरपुलले गाभीलाई प्रिमियर लिगमा ल्याउने तयारी गरिरहेको छ।

गाभीका लागि लिभरपुल ५० मिलियन युरो तिर्न समेत तयार रहेको एल नेसियोनलको दावी छ। गाभीको बार्सिलोनामा रहेको सम्झौतामा रिलिज क्लज राखिएको र त्यसलाई नै प्रयोग गरेर गाभीलाई क्लबमा भित्र्याउने लिभरपुलको तयारी रहेको छ।

गाभीले बार्सिलोनाका लागि रोनाल्ड कोम्यान प्रशिक्षक हुँदा अगस्टमा डेब्यु गरेका थिए। त्यसयता उनी बार्सिलोना तथा स्पेनको एक महत्वपूर्ण खेलाडीको रुपमा देखा परिरहेका छन्।

मिडफिल्ड थप बलियो बनाउने क्लोपको योजना

बताइएअनुसार, लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप मिडफिल्डलाई थप बलियो र प्रभावकारी बनाउन चाहन्छन्। साथै क्लबका मिडफिल्डरहरुको ढल्कँदो उमेरका कारण पनि उनले युवा मिडफिल्डरहरुको खोजि गर्नुपर्ने अवस्था छ। त्यस्तोमा क्लोपले गाभी माथि नजर लगाएको बताइन्छ।

प्रकाशित : सोमबार, मङि्सर २७, २०७८१७:०८

च्याम्पियन्स लिग ड्र मा भयो ठूलो गल्ती, मेस्सी भर्सेस रोनाल्डो नहुने सम्भावना !