बार्सिलोना, बोरुसिया डर्टमन्ड जस्ता टोलीहरू नकआउट चरणमा पुग्न असफल भएपछि युइएफए च्याम्पियन्स लिगले यो सिजन केही आश्चर्यहरू ल्याएको छ।

रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेड, बायर्न म्युनिख, युभेन्टस र चेल्सी जस्ता टोलीहरू सबै अर्को चरणका लागि छनोट भइसकेका छन्, अब सबैको ध्यान नकआउटमा कसले कोसँग खेल्नेछ भन्नेमा छ।
युइएफए च्याम्पियन्स लिग अन्तिम-१६ को ड्र नेपालमा कसरी हेर्ने ?
सोनी पिक्चर्स स्पोर्ट्स नेटवर्क (SPSN) सँग नेपाल, भारत लगायतका दक्षिण एशियाली देशहरुमा युइएफए च्याम्पियन्स लिगको ड्र देखाउने अधिकार छ।
च्याम्पियन्स लिग ड्र कुन समय सुरु हुनेछ ?
कार्यक्रम: युइएफए च्याम्पियन्स लिग अन्तिम-१६ ड्र
मिति: सोमबार, डिसेम्बर १३
समय: नेपाली समय अनुसार साँझ ४:४५ बजे
यो नियोन, स्विट्जरल्याण्ड मा युइएफएको मुख्यालयमा आयोजित हुनेछ।
| Group | Winners (seeded) | Runners-up (unseeded) |
| A | Manchester City | PSG |
| B | Liverpool | Atletico Madrid |
| C | Ajax | Sporting |
| D | Real Madrid | Inter |
| E | Bayern Munich | Benfica |
| F | Manchester United | Villarreal |
| G | Lille | Red Bull Salzburg |
| H | Juventus | Chelsea |

