पेरिस सेन्ट जर्मेनले मोनाको विरुद्ध लियोनेल मेस्सीको कीर्तिमानी सातौं बालोन डी’ओर जितेको उत्सव मनाउन विशेष सुनौलो रंगको जर्सी लगाएको थियो।
अर्जेन्टिनालाई सन् १९९३ पछि पहिलो अन्तराष्ट्रिय प्रमुख उपाधिका रूपमा कोपा अमेरिका जिताउन मद्दत गर्ने ३४ वर्षीय स्टारले बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई पछि पार्दै गत महिना थिएटर डु च्याटलेटमा भएको एक समारोहमा सातौँ पटक अवार्ड जित्न सफल भएका थिए। स्ट्राइकरको उपलब्धिको उत्सब मनाउनको लागि, पीएसजीले सीमित संस्करणको जर्सी डिजाइन गरेको थियो जसमा खेलाडीको नाम र जर्सी नम्बर सुनौलो रङ्गले लेखिएको थियो।
पीएसजी स्टारले फेरि एक पटक अवार्ड जित्ने अपेक्षा गरिएको थियो तर केही प्रभावशाली प्रतिभाको विरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने थियो। अन्य मनोनीतहरूमा मोहम्मद सलाह र लेवान्डोस्की समावेश थिए, जबकि जोर्गिन्होलाई पनि चेल्सीसँग च्याम्पियन्स लिग र इटालीसँग युरो २०२० दुबै जित्दा प्रतिष्ठित पुरस्कारको लागि दाबेदार मानिएको थियो। कोभिड-१९ महामारीको डरका कारण गत वर्षको रद्द भएको कारण पनि यस सिजन लेवान्डोस्कीलाई अवार्ड दिनुपर्थ्यो भन्ने धेरैले विश्वास गरेका थिए।
लेवान्डोस्कीले च्याम्पियन्स लिग जितेका थिए र २०१९-२० अभियानमा ४७ खेलमा ५५ गोल गरेका थिए तर प्रतिष्ठित पुरस्कारको लागि मेस्सीसँग हार्न बाध्य भए। मेस्सीलाई उपाधि जिताउने निर्णयको कतिपयले आलोचना गरे पनि ३४ वर्षीय स्टारले भने अवार्ड जित्न पाउँदा खुसी लागेको बताएका छन्।
क्लबको आधिकारिक वेबसाइटमा बोल्दै ३४ वर्षीय खेलाडीले भने, ‘फ्रान्स फुटबल बालोन डी’ओर फेरि जित्न पाउँदा म साँच्चिकै गौरवान्वित छु। सातौं पटक जित्नु अतुलनीय छ। म मेरो परिवार, मेरा साथीहरू र मलाई फलो गर्ने र सधैं मलाई समर्थन गर्ने सबै मानिसहरूलाई धन्यवाद दिन चाहन्छु, किनभने उनीहरु बिना म यो गर्न सक्दिनथें।”