यस च्याम्पियन्स लिगको अन्तिम १६ ड्र लाइभ ब्लगमा स्वागत छ। नेपाली समय अनुसार ४:४५ बाट हामीले युरोपको प्रिमियर क्लब प्रतियोगिताको पहिलो नकआउट राउन्डमा कुन-कुन टोलीहरू एकअर्कासँग भिड्नेछन् भनेर पत्ता लगाउन थाल्नेछौं। यस्ता छन् अहिलेसम्मका अपडेटहरु।
च्याम्पियन्स लिग बल

युइएफएले च्याम्पियन्स लिगको नकआउट चरणमा प्रयोग हुने बल, सेन्ट पिटर्सबर्गमा हुने फाइनलसम्मको, खुलासा गरेको छ।
It’s #UCLdraw day!!
Tell us 1️⃣ Round of 16 tie you’d love to see… ♥️ 🆚#UCL pic.twitter.com/KK6Q47L9vZ
— UEFA Champions League (@ChampionsLeague) December 13, 2021
हरेक समूहका विजेता र उप-विजेता
च्याम्पियन्स लिगको ड्रमा रहेका टोलीहरूलाई दुई भागमा विभाजन गरिनेछ – समूह विजेता र समूह उपविजेता – र प्रत्येकबाट एउटा टोली एकअर्काको विरुद्ध खेलिनेछ, एकै समूहका दुई टोली र एकै एसोसियसन (जस्तै: लालिगा, प्रिमियर लिग, आदि।) का टोली बाहेक।
च्याम्पियन्स लिग ड्र कुन समय सुरु हुनेछ ?
कार्यक्रम: युइएफए च्याम्पियन्स लिग अन्तिम-१६ ड्र
मिति: सोमबार, डिसेम्बर १३
समय: नेपाली समय अनुसार साँझ ४:४५ बजे
यो नियोन, स्विट्जरल्याण्ड मा युइएफएको मुख्यालयमा आयोजित हुनेछ।
अन्तिम १६ मा कुन-कुन टोली छनोट भएका छन् त ?
रियल म्याड्रिड, एट्लेटिको म्याड्रिड, म्यानचेस्टर सिटी, लिभरपुल, आयाक्स, बायर्न म्युनिख, म्यानचेस्टर युनाइटेड, लिल, युभेन्टस, पेरिस सेन्ट जर्मेन, स्पोर्टिङ सीपी, इन्टर, बेन्फिका, आरबी साल्जबर्ग, चेल्सी र भिल्लारियल।
च्याम्पियन्स लिगको अन्तिम १६ को ड्रको ढाँचा कस्तो छ ?
सबै छनोट टोलीहरूलाई दुई भाँडोमा विभाजन गरिएको छ – समूह विजेता र उपविजेताको रूपमा। पट १ को टोलीले पट २ को टोलीसँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछ।
एकै देशका टोलीहरु भने एक-अर्काको सामना गर्न पाउने छैनन्। त्यस्तै, समूह चरणबाट एकै समूहबाट अगाडी बढेका टोलीहरु पनि। जस्तै रियल म्याड्रिडले एट्लेटिको वा इन्टरको सामना गर्ने छैन।
पोट १: आयाक्स, बायर्न, लिभरपुल, म्यान सिटी, म्यान युनाइटेड, रियल म्याड्रिड, युभेन्टस, लिल।
पोट २: पीएसजी, स्पोर्टिङ, एट्लेटिको, इन्टर, चेल्सी, भिल्लारियल, बेन्फिका, साल्जबर्ग।
च्याम्पियन्स लिगको अन्तिम १६ कहिले हुन्छ?
च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग फेब्रुअरी १५, १६, २२ र २३ मा खेलाइनेछ भने दोस्रो लेग मार्च ८, ९, १५ र १६ मा हुनेछ ।
च्याम्पियन्स लिगको अन्तिम १६ मा अवे गोलको गणना हुनेछ?
यस सिजन च्याम्पियन्स लिगमा अब अवे गोललाई टाइब्रेकरको रूपमा प्रयोग गरिने छैन। १८० मिनेट पछि समग्र ड्र भएमा, खेलहरू अतिरिक्त समय र पेनाल्टीहरूमा जानेछन्।
कुन टोलीको कुनसँग भयो ड्र ?
एफसी बेन्फिका भर्सेस रियल म्याड्रिड
भिल्लारियल भर्सेस म्यानचेस्टर सिटी
एथलेटिको म्याड्रिड भर्सेस बार्यन म्युनिख
एफसी साल्सबर्ग भर्सेस लिभरपुल
इन्टर मिलान भर्सेस आज्याक्स
स्पोर्टिंग क्लब भर्सेस युभेन्टस
चेल्सी भर्सेस लिल
पेरिस सेन्ट जर्मन भर्सेस म्यानचेस्टर युनाइटेड

