भोलि मङ्सिर २८ गते मंगलबार , कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईको दिनको प्रारम्भ मानसिक दुविधामा हराएर हुनेछ। तपाईको बोलीको मधुरताले  कसैलाई सम्मोहित गर्न सक्नुहुन्छ। परिवारसँग संवाद बढ्नेछ। मध्यान्नपछि तपाईको उत्साह वृद्दि होला। अन्य मान्छेसँग जिद्दी व्यवहार छोड्नु हुनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तपाईको दिन मध्यम फलदायी रहनेछ। शारीरिक तथा मानसिक रुपले उर्जा र आनन्द अनुभव होला। तपाईको सिर्जनात्मक तथा कलात्मक शक्ति वृद्दि हुन सक्छ। मध्यान्नपछि तपाईको मानसिक व्यवहार दुविधापूर्ण रहनेछ। आवश्यक निर्णय लिन आवश्यक छ।

मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईको दिन मिश्र फलदायी छ। तपाई चिन्ताले घेरिनुहुन्छ र शारीरिक स्वास्थ्य पनि राम्रो रहनेछैन। परिवारमा मतभेद खडा होला। मध्यान्नपछि सबै कार्य अनुकुल रुपमा पूरा होला। आर्थिक लाभ होला। पारिवारिक वातावरण परिवर्तित हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

पारिवारिक तथा व्यवसायिक क्षेत्रमा लाभदायी समय छ। स्त्री वर्गबाट लाभ प्राप्त होला। प्रिय पात्रसँग भेट हुनेछ।  मानसिक तथा शारीरिक स्वास्थ्य राम्रो रहनेछ। खर्चको मात्रा बढ्नेछ। पारिवारिक वातावरण बिग्रन सक्छ। स्वास्थ्यको ध्यान राख्नुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तपाईको दिन आनन्दपुर्वक बित्नेछ। व्यवसाय र व्यापार गर्नको लागि शुभ दिन छ। परिवार र मित्रसँग आनन्दपुर्वक पल बिताउनुहुन्छ। सन्तानको तर्फबाट लाभ होला। दाम्पत्यजीवनमा आनन्द रहनेछ। छोटो यात्राको लागि परिस्थिति अनुकुल छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

नयाँ कार्य प्रारम्भको लागि समय अनुकुल छ। कार्यालय वा व्यवसायिक स्थलमा कार्यको भार अधिक रहनेछ। विदेश जान ईच्छुक व्यक्तिको लागि शुभ अवसर छ। घरायसी जीवनमा मधुरता रहनेछ। अपूर्ण कार्य पूर्ण हुनेछ। मान-सम्मान वृद्दि होला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

खानपिनमा विशेष ध्यान राख्नुहोला। चिताएको काम गर्नको लागि अनुकुल दिन छैन। अधिक कार्यको भारले शिथिल र मानसिक व्यग्रता अनुभव गर्नुहुनेछ। विदेश स्थित आफन्तको समाचार मिल्नेछ। धार्मिक कार्य हुनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

परिवारसँग सामाजिक समारोहमा संलग्न हुनुहुनेछ। छोटो यात्राको योग छ। मध्यान्नपछि तपाईको स्वास्थ्य बिग्रन सक्ला। खानपिनमा ध्यान राख्नुहोला।  योग र ध्यानबाट मानसिक शान्ति प्राप्त गर्न सक्नुहुन्छ। दाम्पत्य सुख प्राप्त होला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईको दिन शुभ फलदायी छ। शरीर र मनबाट स्वस्थ रहँदा अपूर्ण कार्य पूरा गर्न सक्नुहुनेछ। आर्थिक आयोजन राम्रोसँग गर्न सक्नुहुन्छ। कार्यालयमा सहकर्मचारीको सहयोग मिल्नेछ। सामाजिक रुपले सफलता मिल्नेछ। व्यापार वृद्दि हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

वैचारिक स्तरमा विशालता र मधुर बोलीले अन्य व्यक्तिलाई प्रभावित गर्न सक्नुहुन्छ। आर्थिक आयोजन राम्रोसँग गर्न सक्नुहुन्छ। बोलीको मधुरताले नयाँ सम्बन्ध बनाउन सक्नुहुनेछ। मध्यान्नपछि रोगी व्यक्तिको स्वास्थ्यमा सुधार हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाई  प्रत्येक कार्यलाई  आत्मविश्वासपुर्वक  सम्पन्न गर्न सक्नुहुनेछ। सरकारसँग आर्थिक व्यवहारमा सफलता मिल्नेछ। वैचारिक समृद्दी वृद्दि हुनेछ। आफ्नो कार्य सरलतापुर्वक गर्दा सन्तोष पाउनुहुनेछ। स्वास्थ्यको ध्यान राख्नुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईलाई चिन्ताको भारी कम हुनेछ। आनन्द र उत्साह वृद्दि हुनेछ।  कुटुम्ब तथा आर्थिक विषयमा अधिक ध्यान दिनुहुनेछ। कुनै पनि कार्य दृढ मनोबल र आत्मविश्वासका साथ  गर्न सक्नुहुन्छ। सन्तानमा खर्च हुनेछ। पितृ पक्षबाट लाभ होला।

 

प्रकाशित : सोमबार, मङि्सर २७, २०७८१९:२१

आज मङ्सिर २८ गते मंगलबार , कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल !