एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ मा रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी) भिड्ने भएका छन् । यसअघि सोमबार नै भएको पहिलो ड्र सफ्टवेयरको खराबीका कारण अमान्य रहेको थियो । यूईएफएलाई स्वतन्त्र संयन्त्रले ड्रको नतिजालाई स्विकार्न नसकिने जानकारी दिएपछि पुन: ड्र गरिएको हो ।
सुरुवाती ड्र अनुसार एक आपसमा पर्न नमिल्ने टोली पनि एक आपसमा राखिएपछि समस्या आएको थियो । पुन: ड्र मा भने यूईएफएले हरेक विकल्पमा स्विकृती प्राप्त भएपछि मात्र अघि बढेको थियो ।
राउन्ड अफ १६ को नयाँ ड्र :
बायर्न म्युनिख विरुद्ध एफसी साल्जबर्ग
म्यानचेस्टर सिटी विरुद्ध स्पोर्टिङ लिस्बन
आयाक्स विरुद्ध बेन्फिका
लिल विरुद्ध चेल्सी
म्यानचेस्टर युनाइटेड विरुद्ध एट्लेटिको म्याड्रिड
युभेन्टस विरुद्ध भिल्लारियल
लिभरपुल विरुद्ध इन्टर मिलान
रियल म्याड्रिड विरुद्ध पेरिस सेन्ट जर्मेन