स्पेनिस क्लब रियल म्याड्रिडले च्याम्पियन्स लिगको ड्रलाई पुन: गर्ने निर्णयको विरोध गर्दै स्थितिलाई ‘स्क्यान्डल’ भन्दै विरोध गरेको छ। सोमबार साँझ नेपाली समय अनुसार ४:४५ मा भएको च्याम्पियन्स लिग अन्तिम १६ को ड्र प्राविधिक समस्याका कारण गल्ती भएपछि युइएफएले पहिलेको ड्रलाई पूर्ण रूपमा खारेज गर्दै पुन: ड्र गरेको थियो।
आधिकारिक विज्ञप्ति अनुसार ‘प्राविधिक समस्या’ ले च्याम्पियन्स लिगको मूल ड्रमा समस्याहरू निम्त्याएको थियो। यसमा यस्तो लेखिएको छ: “कुन टोलीहरू एकअर्कासँग खेल्न योग्य छन् भनेर अधिकारीहरूलाई निर्देशन दिने बाह्य सेवा प्रदायकको सफ्टवेयरमा प्राविधिक समस्या आएपछि, UEFA च्याम्पियन्स लिग राउन्ड अफ १६ को ड्रमा एउटा सामग्री त्रुटि भयो।”
च्याम्पियन्स लिगको अन्तिम-१६ को ड्र पुन: गर्ने निर्णय रियलको लागि सुखद रहेन जसको कारण क्लब अहिले क्रोधित रहेको छ। स्पेनिस दिग्गजहरू युइएफएसँग खुसी छैनन् किनभने रियल विश्वास गर्छ कि बेन्फिका विरुद्धको आफनो ड्र कानूनी र कुनै त्रुटि रहित थियो। थप कुरा के हो भने, मारियो कोर्टेगाना भन्छन् कि ला लिगा महारथी ड्रको पुन: गर्नुलाई ‘स्क्यान्डल’ मान्छन किनकि उनीहरुको टाई कुनै गल्ती हुनु भन्दा पहिले नै टुंगो लागेको थियो।
उनी थप्छन्: “मड्रिडले यो निर्णय अस्वीकार्य छ भनेर युइएफएलाई पहिले नै बताइसकेको छ।” पहिले भएको ड्र मा रियल म्याड्रिड बेन्फिका विरुद्ध भिड्ने पक्का भएको थियो। तर पुन: गरिएको ड्रमा रियलले निकै कठिन प्रतिद्वन्दी पाएको छ। अब रियल म्याड्रिडले अन्तिम ८ मा प्रवेश गर्नाका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्नुपर्नेछ।