एम्बाप्पेलाई टोटनह्याम आऊ भनेपछि: मुर्छा परेर हाँस्दै ‘तैट ! सम्भव नै छैन’ [भिडियो सहित]

पेरिस सेन्ट-जर्मेनका सुपरस्टार किलियन एमबाप्पेलाई स्पाइडर म्यान: नो वे होम स्टार टम हल्याण्डले टोटेनहमसँग अनुबन्ध हुन गर्न आग्रह गरेपछि फ्रेन्च स्टार हल्याण्ड कै अगाडी मुर्छा परेर हाँसे।

स्पर्सका फ्यान हल्यान्डले गत महिना पेरिसको थियेटर डु च्याटलेटमा २०२१ बालोन डी’ओर समारोहमा २२ वर्षीय फ्रान्सेली फरवार्डसँग चिना-पर्ची गरेका थए। २५ वर्षीय हलिउड अभिनेताले एम्बाप्पे “वास्तवमै मिलनसार” भएको स्वीकार गरे तर पेरिस छाडेर लण्डन प्रस्थान गर्नको लागि आफूले मनाउन नसकेको बताएका छन्।

LADbible TV मा स्पाइडर-म्यान: नो वे होमका साथी स्टार जेन्डायासँग कुरा गर्दै, हल्याण्डले भने: “हामीले एमबाप्पेलाई भेट्यौं। मैले भनेँ, ‘हे, तिमीलाई भेटेर खुसी लाग्यो।’ उनी साँच्चै मिलनसार थिए, त्यसैले मैले भने, ‘साथी, तिमी टोटेनह्याम आउनु पर्छ,’ र उनी मुर्छा परेर हाँस्न थाले!”

एम्बाप्पेले हल्याण्डलाई उत्तरी लण्डन क्लबमा आफ्नो स्थानान्तरण “असम्भव” भनी बताएको फुटेज पनि देखा पर्‍यो, अनचार्टेड अभिनेता त्यसको प्रतिक्रियामा हाँसे। “होइन, असम्भव। यो असम्भव छ! ” एमबाप्पेले हाँस्नुअघि जवाफ दिए।

एमबाप्पे जुन २०२२ मा पीएसजीसँग रहेको सम्झौताबाट मुक्त हुनेछन् र यहि जनावरीमा फ्रान्स बाहिरको क्लबसँग पूर्व-अनुबन्ध सम्झौतामा हस्ताक्षर गर्न स्वतन्त्र हुनेछन्। २०१८ को विश्वकप विजेताले एम्बाप्पेको नाम लगातार रूपमा लामो समय देखि नै रियल म्याड्रिडसँग जोड्ने गरिएको छ।

प्रकाशित : मङ्गलबार, मङि्सर २८, २०७८१६:०४

नेयमारको अनुपस्थितिमा झनै नजिक हुँदै मेस्सी र एम्बाप्पे, प्रशिक्षणमा बिताउँदै छन् अतिरिक्त समय !