काठमाडौँ – चोरी गरिरहेको अवस्थामा चार जनालाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिकामा एक पसलबाट चोरी गर्दै गरेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा उपमहानगरपालिका-१ शान्तिनगरका लोकेन्द्र सिंह सामन्त, उमेश भन्ने आलोक चौधरी, बाजुरा बुढीगंगा नगरपालिका–८ बस्ने विकास नेपाली र धनगढी उपमहानगरपालिका-१ शान्तिनगर बस्ने बिबेक साउद रहेका छन्।
चारै जनालाई धनगढी उपमहानगरपालिका-१ कैलाली पुल नजिकैको उग्रतारा ट्रेडिङ हाउसको सटरको ताला तोडेर चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीले दिएको जानकारी अनुसार उक्त ल्यापटप-कम्प्युटर पासाको ताला तोडिरहेको अवस्थामा प्रहरी गस्ती टोलीले पक्राउ गरेको थियो। पक्राउ गरिएकाहरु माथि अनुसन्धान भइरहेको छ।
त्यस्तै ठगी मुद्दाको फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले ठगी मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको हो। पक्राउ गरिएकामा कैलाली गोदावरी नगरपालीका वडा नम्बर ११ बस्ने बर्ष ५६ का पदम बहादुर बडैला रहेका छन्।