नेयमार फेरी बार्सिलोनामा ?

BARCELONA, SPAIN - APRIL 05: Neymar of FC Barcelona winks at his teammates during the La Liga match between FC Barcelona and Real Betis Balompie at Camp Nou on April 5, 2014 in Barcelona, Spain. (Photo by David Ramos/Getty Images)

एजेन्सी – पेरिसे सेन्ट जर्मेन(पिएसजी)ले नेयमारलाई बार्सिलोना फिर्ता पठाउन चाहेको चर्चा शुरु भएको छ। विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरुले नेयमारलाई बार्सिलोना फिर्ता पठाउन पिएसजीले तयारी गरिरहेको बताएका हुन्।

एल नेशनलका अनुसार पिएसजीले नेयमारलाई बार्सिलोना पठाएर त्यहाँबाट एक खेलाडी पिएसजीमा भित्र्याउन चाहेको छ। बार्सिलोनाबाट फ्रेन्की डी जोङलाई भित्र्याउन नेयमार सट्टा-पट्टामा प्रयोग हुन सक्ने एल नेशनलले आफ्नो एक रिपोर्टमा उल्लेख गरेको छ।

एल नेशनलले गरेको दावी अनुसार पिएसजीले फ्रेन्की डी जोङलाई भित्र्याउन चाहेको छ। सो ट्रान्सफरमा नेयमारलाई बार्सिलोना पठाउन सकिने विषयमा छलफल भैरहेको बताइन्छ।

नेयमारलाई लिएर पिएसजी असन्तुष्ट

नयाँ सिजन हुँदा नेयमारले राम्रो प्रदर्शन गर्न सकेका छैनन्। फ्रेन्च लिग वानमा १० खेल खेल्दा उनले मात्र ३ गोल गरेका छन् भने च्याम्पियन्स लिगमा त उनले यस वर्ष खाता खोल्न नै बाँकी छ। घाइते भएपछि उनी अहिले आराम गरिरहेका छन्। उनी आउने एक महिना अझै मैदान बाहिर हुनेछन्। बताइएअनुसार, नेयमारसँग पिएसजीका अधिकारीहरु त्यति खुशी छैनन्।

सम्भव छ त नेयमारको फिर्ति

एल नेशनलले नेयमार बार्सिलोना फिर्ता हुन सक्ने दावी गरेपछि हालको अवस्थालाई हेर्दा नेयमार बार्सिलोना फिर्ता हुने आधार भने देखिँदैन। किलियन एम्बाप्पे पिएसजी छाड्ने पक्षमा रहेका कारण पनि पिएसजीले नेयमारलाई बिक्री गर्ने छैन।

गत वर्ष मात्रै पिएसजीमा सन् २०२५ सम्मका लागि सम्झौता गरेका थिए। विभिन्न समयमा बार्सिलोनाले नेयमारलाई फिर्ता ल्याउने प्रयास गरेपनि पिएसजीले अस्विकार गर्ने गरेको थियो।

प्रकाशित : बुधबार, मङि्सर २९, २०७८१०:२५

पीएसजीले रियल म्याड्रिडलाई हराउनेमा पोचेटिनो विश्वस्त !