महिनाको अन्तिम दिन घट्यो सुनको मूल्य ! कति ?

काठमाडौँ – मङ्सिर महिनाको अन्तिम दिन आज सुनको मूल्य घटेको छ। गएको केहि समय देखि सामान्य रुपले घटबढ हुँदै आएको सुनको मूल्य आज घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ ​सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार ३ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ५ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

मङ्सिर महिनामा सुनको मूल्य

महिनाको शुरुवातमा धेरै नै महँगो भएको सुनको मूल्य महिनाको अन्त्य सम्म आइपुग्दा केहि सस्तो भएको छ। मङ्सिर महिनाको पहिलो दिन छापावाला सुनको मूल्य ९४ हजार ३ सय र तेजाबी दुनको मूल्य ९३ हजार ८ सय रुपैंयाँ थियो। तर आज अन्तिम दिन छापावाला सुनको मूल्य ९२ हजार ३ सय र तेजाबी सुनको मूल्य ९१ हजार ८ सयमा आइपुगेको छ।

मङ्सिर महिनामा छापावाला सुन ९१ हजार ३ सय देखि ९४ हजार ५ सय रुपैंयाँ सम्ममा कारोबार हुँदा तेजाबी सुन ९० हजार ८ सय देखि ९४ हजार रुपैंयाँ सम्ममा कारोबार भयो।

चाँदीको मूल्य

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज चाँदी १ हजार २ सय १० रुपैंयाँमा कारोबार भैरहेको छ।

प्रकाशित : बुधबार, मङि्सर २९, २०७८१०:४८

बैंकमा जागिर लगाइदिन्छु भन्दै ठग्ने पक्राउ !