लापोर्टाले भेटे हालाण्डका एजेन्ट, यी खेलाडी बारे पनि भयो छलफल !

एजेन्सी – बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टा र सुपर एजेन्ट मिनो राइओलाले सम्भावित भविष्यमा हुन सक्ने विभिन्न ट्रान्सफरहरु बारे छलफल गरेका छन्। इटालीको टुरिनमा भेट हुँदा लापोर्टा र राइओला बीच भेट भएको थियो।

सो भेटघाटको क्रममा दुई बीच विभिन्न खेलाडीहरु बारे छलफल भएको बताइएको छ। राइओला विभिन्न खेलाडीहरुको एजेन्ट छन्। जसकारण लापोर्टा र राइओला बीचको भेटघाटलाई महत्वपूर्ण रुपमा हेरिएको छ। विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार लापोर्टा र राइओला बीच एर्लिङ हालाण्डको भविष्यबारे छलफल भएको थियो।

राइओला केहि समय देखि हालाण्डका लागि नयाँ क्लबको खोजि गरिरहेका छन्। हालसालै एक अन्तर्वार्ताका क्रममा उनले हालाण्ड आउने समर ट्रान्सफर विन्डोमा बोरुसिया डर्टमुन्डबाट अन्यत्र जाने बताएका थिए। त्यसक्रममा उनले म्यानचेस्टर सिटी, बायर्न म्युनिख, रियल म्याड्रिड र बार्सिलोना जस्ता ठूला क्लबमा हालाण्ड जान सक्ने बताएका थिए।

राइओलाले हालाण्डको सम्भावित गन्तव्यहरु बारे कुरा गरिहँदा बार्सिलोनाको पनि नाम लिएरका कारण हालाण्डलाई बार्सिलोनामा ल्याण्ड गराउन त दुई बीच छलफल भएन भन्ने प्रश्न उठिरहेको छ।

अन्य खेलहरु बारे पनि छलफल

लापोर्टा र राइओला बीच हालाण्डका अलावा अन्य खेलाडीहरु बारे पनि छलफल भएको बताइन्छ। खबरमा आएअनुसार दुई बीच पिएसजीका जाभी सिमोन्स, आयक्सका नौसेयर मजराउई र सेजा एजपिलिकुएटाका बारेमा पनि कुराकानी भएको थियो। साथ दुई बीच पल पोग्बा बारे समेत छलफल भएको विभिन्न मिडियाहरु बताउँछन्।

प्रकाशित : बुधबार, मङि्सर २९, २०७८१५:२१

उम्लिएर पोखिने अवस्थामा रियल-हाजार्ड सम्बन्ध, चेल्सी फिर्ता पठाउने तयारी !