‘बुलेट’ चोरेर भाग्दै थिए भारत, प्रहरीले थाहा पाउँदा पुगे सिधै खोर !

काठमाडौँ – चोरीको मोटरसाइकल भारत लैजाँदै गरेको अवस्थामा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। मोटरसाइकल चोरेर भारततर्फ भाग्दै गरेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका-३ घर भई बिराटनगर महानगरपालिका-११ मा डेरा गरी बस्ने २८ बर्षिय उमेश दाहाल रहेका छन्। प्रहरी चौकी मटेरूवाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको एक नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ।

प्रहरीका अनुसार उनले मंसिर २६ गते राती साढे ८ बजे बिराटनगर स्थित कोशी अस्पतालको परिसरमा पर्किङ गरी राखेको को. २५ प ५०२४ नम्बरको बुलेट मोटरसाईकल चोरेका थिए। उक्त मोटरसाइकल भारतको जोगवनी तर्फ लादै गरेको अबस्थामा उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ। पक्राउ परेका दहाललाई मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको छ।

त्यस्तै जागिर लगाई दिन्छु भनेर ठगी गर्ने एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोर्खाको लखन गाउँपालिका-२ का ३८ बर्षिय गणेशराज अर्याल रहेका छन् । उनलाई मोरङको बिराटनगर महानगरपालिका-१० बसपार्क पक्राउ गरिएको हो।

अर्यालले उदयपुर त्रियुगा नगरपालिका-८ का उमेश कुमार दनुवार र प्रेम कुमार दनुवारबाट पटक-पटक गरी नगद रु. १ लाख ७३ हजार रकम ठगि गरेका थिए ।

प्रकाशित : बुधबार, मङि्सर २९, २०७८१७:४५

४ वर्षपछि पुनः मतगणना हुँदा एमालेका नेता वडाध्यक्षमा एक मतले विजयी, माओवादी नेता पराजित !