बार्सिलोना पुगेपछि भाग्यले छाडेको साथ: मेस्सीसँगै खेल्ने थियो चाहना, तर फुटबल नै छाड्नु पर्यो !

एजेन्सी – अर्जेन्टिनी स्टार सर्जियो अगुएरो प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीको स्वर्णिम दशकको एक अभिन्न हिस्सा हुन्। म्यानचेस्टर सिटी प्रिमियर लिगको मात्र नभई विश्वको उत्कृष्ट क्लबको रुपमा उभिन सक्नुमा अगुएरोको महत्वपूर्ण भूमिका रह्यो। एक दशक सिटीको बसाईमा उनी प्रिमियर लिग लेजेण्डको रुपमा स्थापित हुन सफल भएका थिए।

सिटीका हुँदा उनले कुल १५ उपाधि जितेका थिए। जसमा पाँच प्रिमियर लिग पनि पर्छ। त्यसको अलावा उनले एक एफए कप र ६ लिग कप पनि पर्छ। सिटीका लागि उनले ३ सय ९० खेल खेल्दा २ सय ६० गोल गरेका थिए भने ७३ असिस्ट दिएका थिए।

दशक लामो सिटी बसाई पछि अगुएरो यसै सिजन क्याटलान क्लब पुगे। बार्सिलोनाका लागि उनले केहि खेल मात्र खेल्न सके। बार्सिलोनाका लागि पाँच खेल खेल्दा उनले १ गोल गरे।

भाग्यले दिएन साथ

अगुएरो त्यतिकै बार्सिलोना पुगेका होइनन्। उनी फ्री ट्रान्सफरमा लियोनेल मेस्सीसँग एकै क्लबमा रहेर खेल्ने चाहना पूरा गर्नको लागि बार्सिलोना पुगेका थिए। तर उनको त्यो चाहना पूरा हुन सकेन। मेस्सी बार्सिलोनामा रहन नमिल्ने भएपनि पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगे।

मेस्सीसँग खेल्ने चाहना पूरा नभएपनि अगुएरो बार्सिलोनामै कटिवद्ध थिए। सिजनको शुरुवातमै उनी चोटिल हुन पुगेका थिए। जसकारण उनले कयौं खेल गुमाए। पछि चोटमुक्त भएर अगुएरो मैदानमा फिर्ता त भए, तर पछि उनले कहिल्यै नसोचेको घटना भयो। गत अक्टावेर ३० मा स्पेनिस ला लिगामा एलाभेसविरुद्धको खेलपछि उनी मैदानबाट बाहिरिएका थिए। मुटुमा समस्या देखिएपछि उनको शल्यक्रिया पनि गरियो।

शल्यक्रिया पछि उनको स्वास्थ्यमा सुधार भएपनि फुटबल खेल्न सक्ने अवस्था रहेन। अगुएरोमा देखिएको काडिएयक एरिथमिया सोचे भन्दा गम्भीर देखिएपछि अन्ततः उनले फुटबलबाट सन्यास लिए।

प्रकाशित : बुधबार, मङि्सर २९, २०७८२१:१३

हालान्ड चम्किए, डर्टमुन्डको जित !