काठमाडौँ – चर्चित र्यापर बालेन शाहले आगामी निर्वाचनमा उम्मेदवारी दिने भएका छन्। शाहले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने भएका हुन्।
शाहले फेसबुक मार्फत आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। स्ट्रकचरल इन्जिनियरसमेत रहेका ३१ वर्षिय शाहले लेखेका छन्,”अब युवाको पालो, हामीले पढेको लेखेको कहिले काम लाग्छ? हाम्रो काठमाडौं, हामी आफैं बनाउँछौं।”
मेयरमा उठ्ने बारे आफूले गएको केहि वर्ष देखि सोचिरहेको उनको भनाई छ। कानुनी रुपले नेपालमा आगामी बैशाखसम्म स्थानीय तहको चुनाव सम्पन्न गर्नुपर्ने अवस्थामा उनले अहिले नै उम्मेदवारी घोषणा गरेका हुन्।
झोला बोक्न तयार छु – स्वप्निल शर्मा
बालेनले मेयरमा उठ्ने घोषणा गरेपछि स्याडोज ब्याण्डका गायक स्वप्निल शर्माले कुन राजनीतिक दलबाट उठ्ने हो भनर प्रश्न गरेका छन्। उनको प्रश्नमा शाह स्वतन्त्र उम्मेदवारी दिने बताएका छन्। त्यस्तै शर्माले शाहको झोला बोक्न आफू तयार रहेको उल्लेख फरेका छन्।
“म बालेन शाहको झोला बोक्न तयार छु।”,शर्माले फेसबुकमा लेखेका छन्।