पुस महिनाको पहिलो दिन नै बढ्यो सुनको मूल्य, २४ दिनकै महँगो भयो !

काठमाडौँ – पुस महिनाको अन्तिम दिन आज सुनको मूल्य बढेको छ। मङ्सिर महिनाको अन्तिम दिन घटेको सुनको मूल्य पुस महिनाको पहिलो दिन बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ७ ​सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९३ हजार रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ७ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९२ हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

सुन ३ साता भन्दा बढी समयकै महँगो

पुस महिनाको पहिलो दिन नै बढेपछि सुन २४ दिनकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको सुनको मूल्य मङ्सिर ६ गते पछिकै महँगो हो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल बजारमा आज चाँदीको मूल्य तोलामा रु २५ ले बढेको छ। जससँगै चाँदीको मूल्य १ हजार २ सय ३५ रुपैंयाँ कायम भएको छ।

प्रकाशित : बिहिबार, पुष ०१, २०७८११:०१

काँकरभिट्टामा पेमा तामाङको यस्तो धन्दा, दुई थान ल्यापटप र एक थान प्रिन्टर सहित पक्राउ !