हालाण्डलाई बार्सिलोनामा ल्याण्ड गराउन सुपरएजेन्ट राइओलाका तीन शर्त !

एजेन्सी – बार्सिलोना बोरुसिया डर्टमन्डका स्ट्राइकर एर्लिङ हालाण्डलाई अनुबन्ध गर्ने सम्भावनाको खोजी गरिरहेको छ। क्लबका अध्यक्ष जोआन लापोर्टा यति बेला हालाण्डलाई के कसरी भित्र्याउन सकिन्छ भनेर दौडधुप गरिरहेका छन्।

यसबीचमा उनले हालाण्डका एजेन्ट मिनो राइओलासँग पनि भेट गरिसकेका छन्। संकटग्रस्त बार्सिलोनामा हालाण्डलाई ल्याण्ड गराउन सकेन क्लब लयमा फर्किनेमा लापोर्टा लगभग ढुक्क जस्तै देखिन्छन्।

लापोर्टाले राइओलासँग हालाण्डलाई बार्सिलोनामा ल्याण्ड गराउन सकिने सबै बाटाहरु बारे जानकारी लिएको बताइन्छ। भेटका क्रममा राइओलाले आफ्ना कुराहरु स्पष्ट रुपमा राखेका थिए। राइओलाले लापोर्टा समक्ष हालाण्डलाई ल्याण्ड गराउन विभिन्न शर्तहरु राखेको विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरु बताउन्छन्। के छन् शर्त ?

पहिलो शर्त – राइओला हालाण्ड वरिपरि बार्सिलोनाले आफ्नो योजनाको विकास गरोस् भन्ने चाहन्छन्। यो कुरा उनले लापोर्टालाई स्पष्ट रुपमा राखिसकेका छन्। विश्वका उत्कृष्ट खेलाडीहरू मध्येको एकको रुपमा आफूलाई उभ्याउन सफल भैसकेका हालाण्ड बार्सिलोनाको मूख्य खेलाडी हुन् भन्ने राइलोको चाहना छ।

दोस्रो शर्त – त्यसै राइओला हालाण्डलाई जर्सी नम्बर ९ दिइयोस् भन्ने शर्त पनि राखेका छन्। जर्सी नम्बर ९ हाल डच खेलाडी मेम्फिस डिपेले प्रयोग गरिरहेका छन्। राइओलाको शर्त पूरा गर्नको लागि लापोर्टाले डिपेलाई मनाउनु पर्नेछ।

तेस्रो शर्त – राइओला हालाण्ड च्याम्पियन्स लिगको केन्द्रमा हुन् भन्ने चाहन्छन्। तर अहिले बार्सिलोना लालिगामा खराब प्रदर्शन गरिरहेका छन्। त्यसैले राइओलाले लापोर्टा सामू च्याम्पियन्स लिगका लागि क्वालिफाइ हुन चुनौती दिएका छन्।

प्रकाशित : शुक्रबार, पुष ०२, २०७८०९:२६

इटाली, इंग्ल्यान्ड र जर्मनी युइएफए नेसन्स लिगको एकै समूहमा, अरु कुन देश कुन समूहमा ? [सूची]