ह्वात्तै बढ्यो सुनको मूल्य, सुन एक महिनाकै महँगो !

काठमाडौँ – पुस महिनाको दोस्रो दिन आज सुनको मूल्य बढेको छ। पुस महिनाको पहिलो दिन नै बढेको सुनको मूल्य दोस्रो दिन आज पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९४ हजार रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ हजार रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको छ। यस अगाडी पुस महिनाको पहिलो दिन बिहिबार सुनको मूल्य तोलामा ७ सय रुपैंयाँले बढेको थियो।

सुन महिना दिनकै महँगो

लगातार दुई दिन उच्च वृद्धि भएसँगै सुनको मूल्य करिब एक महिनाकै महँगो रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज सुन मङ्सिर ३ गते पछिकै महँगो हो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाल बजारमा आज चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ। जससँगै चाँदीको मूल्य १ हजार २ सय ५० रुपैंयाँ कायम भएको छ।

प्रकाशित : शुक्रबार, पुष ०२, २०७८११:१०

एम्बाप्पेले भने – ‘मेस्सीलाई टिभीमा देख्नु र सँगै खेल्नुमा धेरै फरक रहेछ’