१ करोड १० लाख कमाउने थियो सोच, तर सूचना लिक हुँदा पुगे खोर !

काठमाडौँ – जिउँदो सालक सहित एक व्यक्तिलाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ। ठूलो रकममा जिउँदो सालक बिक्री गर्ने योजनामा रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौँको मरुछासपाखाबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दोलखा कालिञ्चोक गाउँपालिका भर भई काठमाडौँ मरुछासपाखा बस्दै आएका २६ वर्षिय उद्धव थामी रहेका छन्। उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

महाशाखाले दिएको जानकारी अनुसार उनले खैरो रङको प्रतिबन्धित दुर्लभ जिउँदो सालक बिक्री गर्ने योजना बनाएका थिए। सालक १ करोड १० लाखमा बिक्री गर्ने उनको योजना रहेको थियो।

काठमाण्डौ मरुछासपाखा एरियामा केही व्यक्तिहरुले प्रतिबन्धित दुर्लभ जिउँदो सालक अबैध रुपमा बिक्री गर्न लागेको भन्ने सूचनाका आधारमा उनलाई सालक सहित पक्राउ गरिएको महाशाखाले जनाएको छ।

पक्राउ परेका उनलाई महाशाखाले जिल्ला बन कार्यालय, हात्तिसार, काठमाण्डौ पठाएको छ। उनी माथि थप अनुसन्धान भइरहेको छ।

प्रकाशित : शुक्रबार, पुष ०२, २०७८२२:५०

चीनमा भेटियो साढे ६ करोड वर्षपछि डायनासोरको भ्रूण !