एट्लेटिकोलाई सेभियाले हरायो, शीर्षस्थानको रियलसँगको दूरी छोट्यायो !

एजेन्सी – स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले सेभियासँग हार बेहोरेको छ । घरेलु मैदानमा सेभियाले एट्लेटिकोलाई २–१ ले पराजित गरेको हो ।

सेभियाको जितमा इभान राकिटिच र लुकास ओकम्पासले गोल गरे । एट्लेटिकोका फिलिपेले एक गोल फर्काए । रमन सान्चेज पिजुवानमा शनिबार राति भएको खेलको सातौं मिनेटमा इभान राकिटिचको गोलबाट घरेलु टोली सेभियाले अग्रता बनाएको थियो । राकिटिचले करिम रिकिकको पासमा गोल गरेका थिए ।

३३औं मिनेटमा फिलिपेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले थोमस लेमारको पासमा गोल गरेका थिए । निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी रहँदा लुकास ओकम्पासले गोल गर्दै सेभियालाई २–१ को जित दिलाए । उनले जुलेस कोन्डेको पासलाई सदुपयोग गरेका थिए ।

यो जितसँगै सेभियाले शीर्षस्थानको रियल म्याड्रिडलाई दवाव बढाउँदा दोस्रो स्थानलाई मजवुत बनाएको छ । सेभिया रियलसँग ५ अंकले पछि छ । सेभियाको ३७ तथा रियलको ४२ अंक छ । पराजित एट्लेटिको १७ खेलबाट २९ अंक जोडेर पाँचौ स्थानमा झरेको छ ।

प्रकाशित : आइतबार, पुष ०४, २०७८१०:१४

बार्सिलोनाको जित, गाभीले मेस्सीलाई पछि पारे !