यी ३ राशिमा हुन्छ चन्द्र देवको विशेष कृपा, राम्रो जीवनसाथी पाउनुको साथै गर्नेछन् ठूलो प्रगति !

ज्योतिष शास्त्रमा राशिफललाई चार तत्माव विभाजन गरिएको छ । यी तत्वहरू मध्ये एक पानी हो। यस तत्वमा ३ राशिहरु रहेका छन्। यस तत्वको तीन चिन्हमा कर्कट, वृश्चिक र मीन राशिहरु समावेश छन् । यी राशिहरू चन्द्रमासँग सम्बन्धित छन् र ज्योतिषशास्त्रमा यिनीहरूलाई ज्ञान, उदारता र कल्पनाशीलताको राशि चिन्ह पनि मानिन्छ। आज यस पोस्ट मार्फत हामी चन्द्रमासँग सम्बन्धित यी तीन राशिको विशेषताहरूबारे जानकारी गराउने छौँ ।

कर्कट राशि

 

 

कर्कट राशि जल तत्वोको पहिलो राशि हो । कर्कट राशिको स्वामी चन्द्र देव हुन् । ज्योतिष शास्त्र अनुसार यस राशिका मानिसहरु निकै सुन्दर र चंचल हुन्छन् । साथै यस राशिका मानिस हरुमा कल्पना, दया र ज्ञान मात्र अधिक पाउन सकिन्छ । भावुक हुनु यस राशिको सबैभन्दा ठूलो कमजोरी वा समस्या हो। कर्कट राशिका व्यक्तिहरूको विवाहित र प्रेम जीवन प्रायः राम्रो हुँदैन। कर्कट राशि भएका व्यक्तिहरूले ज्योतिषीको सल्लाहमा ओपल वा मोतीको धारण गर्नु शुभ हुन्छ। यसको साथै कर्कट राशि भएका मानिसले शिवको पूजा तथा जप हर्नाले शुभ हुने मान्यता रहेको छ ।

वृश्चिक राशि

 

वृश्चिक जल तत्वोको दोस्रो राशि हो । ज्योतिष शास्त्र अनुसार यस राशिको स्वामी ग्रह मंगल ग्रह हो । यस राशिमा चन्द्र जहिले पनि कमजोर हुने गर्दछन् । वृश्चिक राशिका व्यक्तिहरूमा कला लेखन, शिक्षा र राजनीति गर्नमा धेरै सिपालु हुन्छन् । कुनै-कुनै अवस्थामा वृश्चिक राशि भएका मानिसले आमाको सुख पाउँदैनन् । तर यो राशिका मानिसलाई राम्रो जीवनसाथी मिल्छ । यो राशिका मानिसहरु अरुसँग बदला लिन पछि हट्दैनन् । यो राशिका व्यक्तिहरूले ज्योतिषीको सल्लाहमा कोरल वा रुबी धारण गर्नु राम्रो हुन्छ। यसका साथै शिवको पूजा गर्नु पनि शुभ मानिन्छ ।

मीन राशि

 

मीन राशि जल तत्वको तेस्रो चिन्ह हो। यस राशिको स्वामी ग्रह बृहस्पति हुन् भने यस राशिमा चन्द्रमा पूर्ण रूपमा सन्तुलित हुने गर्दछन् । ज्योतिष शास्त्रमा यस राशिका मानिसमा ज्ञान, ग्लैमर, कला र शिक्षाका अद्भुत गुण हुन्छन्। साथै मीन राशिका मानिसहरु राम्रा हुन्छन् । तर, यो राशिका युवाहरू युवावस्थामा गलत बाटोमा लाग्ने सम्भावना बढी हुने गर्दछ । तर पछि सही बाटोमा आउँछन् र धेरै प्रगति पनि गर्छन् । यस राशिको सबैभन्दा ठूलो कमजोरी भनेको सबै कुरालाई उत्तम बनाउन खोज्नु हो । मीन राशिका व्यक्तिहरूले ज्योतिषको सल्लाहमा मोती वा पन्ना लगाउनु शुभ मानिन्छ । यसका साथै भगवान शिवको पूजा पनि गर्नुपर्छ ।

प्रकाशित : आइतबार, पुष ०४, २०७८१४:३४

भोलि पुष ५ गते सोमबार,शुभ-अशुभ कस्तो रहला तपाईको दिन? हेर्नुहोस भोलिको राशिफल!