भारतबाट भट्टाभट नक्कली नेपाली रुपैंयाँ भित्रिने गरेको खुलासा, दुई जना भारतीय पक्राउ !

काठमाडौँ – नेपालमा नक्कली नेपाली रुपैयाँको कारोबार बढ्न थालेको छ। गएको केहि समय देखि भारतबाट नेपालमा नक्कली रुपैंयाँ भित्रिने क्रम बढिरहेको छ। नक्कली नेपाली रुपैयाँ सहित धेरै व्यक्तिहरु भारत-नेपाल सीमाबाट पक्राउ पर्न थालेका छन्।

आइतबार मात्रै नेपाल-भारत सीमाबाट सशस्त्र प्रहरीले नक्कली रुपैंयाँ सहित दुई जनालाई पक्राउ गरेको छ। सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ स्थित सीमा ईलाकाबाट दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा भारतको सीतामढी थाना सोन वर्षा ग्राम सोन वर्षा वडा नम्बर ६ चिलरीटोल बस्ने ३७ वर्षीय आशिष भन्ने सुरेन्द्र महतो र सीतामढी थानाअन्तर्गत सोनवर्षा ग्राम लालबन्दी चिलरी वडा नम्बर १ बस्ने ४८ वर्षीय प्रमोदकुमार रहेका छन्।

बी आर ३० वाई ४१३९ नम्बरको भारतीय मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछी सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीले पक्राउ गरेको र पछि उनीहरुको साथमा भएको रकम नक्कली निस्किएको सशस्त्र प्रहरीले जनाएको छ। उनीहरुको साथबाट एक लाख १५ हजार नक्कली नेपाली रुपैयाँ बरामद भएको छ।

यसअघि पुस १ मा रौतहट प्रहरीले दुई जनाभारतीय नागरिकलाई ६९ हजार पाँच सय नक्कली नेपाली रुपैयाँसहित पक्राउ गरेको थियो। पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लाको घोडासहन थाना श्रीपुर ग्राम पंचायत कबैयाका २६ वर्षीय विकास जयसवाल र सोही स्थानका ३२ वर्षीय अजय प्रसाद थिए।

प्रकाशित : सोमबार, पुष ०५, २०७८१४:१९

पश्चिमी वायुको प्रभाव: आजबाट हिउँ पर्ने सम्भावना !