राहु-केतुको अशुभ प्रभावले निम्त्याउँछ परिवारमा तनाव र कलह, यस कुराले बनाउनुहोस् घरलाई शान्त !

ज्योतिष शास्त्रमा राहु र केतुको अशुभ प्रभावलाई निकै नराम्रो प्रभावको रुपमा लिइन्छ । कसैको पनि जिवनमा राहु-केतु अशुभ अस्थानमा छ भने व्यक्तिको जीवनमा धेरै कठिनाइहरू सिर्जना गर्दछ। राहु-केतुको अशुभ प्रभाव जीवनमा तनावको कारण हुनसक्ने धेरै ज्योतिषीहरुको विश्वास छ । राहु-केतुको कारणले हुने तनावलाई हटाउन धेरै मानिसले घरमा पूजा-पात गर्ने गर्छन् ।

यसबाहेक केही मानिसहरूले यसको प्रभावबाट बच्नको लागि घरमा स्वस्ति, शान्ति गराउँछन् । तर घरमा पूजा गर्ने घण्टी बज्दा राहु-केतुले नकारात्मक प्रभावलाई हटाउन सकिने मान्यता रहेको छ । राहु-केतुलाई शान्त पार्न घण्टीको यसरी गर्नुहोस् प्रयोग ।

 

घरमा दैनिक घण्टी बजाउँदा राहु र केतुको क्रोध शान्त हुने मान्यता रहेको छ । पूजा आरतीको समयमा बजाइने घण्टी सर्पहरूको देवतासँग सम्बन्धित छ । घरमा दैनिक आरती गर्दाको समयमा घण्टी बजाउँदा पनि धनकी देवी लक्ष्मीको आशीर्वाद मिल्ने मान्यता रहेको छ । यस बाहेक पूजाको समयमा घण्टी बजाउँदा धेरै प्रकारका पाप नष्ट हुन्छन् । यसका साथै घण्टी बजाउँदा भगवानको पूजा सफल हुने जनविश्वास रहेको छ ।

भगवान विष्णुको हुनेछ कृपा

 

धार्मिक मान्यता अनुसार घण्टीको सम्बन्ध भगवान विष्णुको वाहन गरुडसँग सम्बन्धित छ । त्यसैले घरमा दैनिक घण्टी बजाउँदा भगवान विष्णुको कृपा हुने मान्यता रहेको छ । साथै घरमा भएको राहु-केतुको समस्याबाट पनि छुटकारा मिल्ने मान्यता रहेको छ । त्यसैले पूजा घरमा राखिएको घण्टीलाई देवताको वासस्थान मानिन्छ।

 

कस्तो हुनुपर्छ पूजा गर्ने घण्टी

बजारमा धेरै प्रकारका घण्टीहरू उपलब्ध छन्। तर दैनिक पूजामा प्रयोग हुने घण्टीमा गरुडको प्रतीक हुनु राम्रो मानिन्छ । त्यसैले दैनिक पूजा गर्दा गरुडको प्रतीक भएको घण्टी बजाउनुपर्छ । मानिन्छ जुन व्यक्ति यस्तो घण्टीले पूजा आरती गर्छ उसका सबै पापहरू नष्ट हुन्छन्।

प्रकाशित : सोमबार, पुष ०५, २०७८१७:००

सन् २०२२ मा राहुको ठूलो उथलपुथल: यी ३ राशिलाई अत्यन्त अशुभ, हुनसक्छ अनिष्ट !