वैदिक ज्योतिषमा, राहुलाई शनिपछि सबैभन्दा ढिलो पारगमन गर्ने ग्रह मानिन्छ। यसलाई यस राशिबाट अर्को राशिमा प्रवेश गर्नको लागि साढे एकि वर्ष लाग्ने गर्छ र यो वक्री गतिमा गोचर गर्छ। यस वर्ष राहु १२ अप्रिल २०२२ मा बिहान १०:५१ बजे वृष राशिबाट मेष राशिमा प्रवेश गर्नेछ।
मेष राशिमा राहुको गोचरले कुन राशिलाई नकारात्मक असर पार्छ, जानौं-
वृष राशि

वृष राशिका लागि यस वर्षको शुरुमा राहु तपाईंको लग्न राशिमा रहनेछ। यस अवधिमा, तपाईंलाई यो वर्षको सुरुमा कुनै पनि महत्त्वपूर्ण निर्णयहरू नगर्न सल्लाह दिइन्छ किनकि तपाईंले सबै पक्षहरूलाई सही रूपमा मूल्याङ्कन गर्न सक्नुहुन्न। यस समयमा तपाईंलाई विश्वासको मामलामा पनि समस्या आउन सक्छ। यस अवधिमा वैदेशिक विद्यालयमा अध्ययन गर्न वा वैदेशिक रोजगारीका लागि आवेदन दिने योजनामा रहेका व्यक्तिहरूका लागि समय अनुकूल नरहला।
कन्या राशि

कन्या राशिका लागि राहु यस वर्षको शुरुमा नवौं घरबाट गोचर हुनेछ। यस अवधिमा तपाईंले अनेक भ्रमको सामना गर्न सक्नुहुन्छ। यसका साथसाथै तपाईंको वरिष्ठ कर्मचारी, उच्च अधिकारी र बुवासँग केही प्रकारको झगडा पनि हुन सक्छ। यस अवधिमा स्वास्थ्य सम्बन्धि समस्याहरूको सामना गर्न सक्नुहुन्छ। व्यक्तिगत जीवनमा आफूलाई प्रमाणित गर्न धेरै मेहनत गर्नु पर्नेछ।
मीन राशि

मीन राशि हुनेहरूका लागि राहुले यस वर्षको सुरुमा तपाईंको तेस्रो घरबाट गोचर गर्नेछ। यो गोचरले तपाईका लागि आर्थिक रूपमा केही अनिश्चितता ल्याउन सक्छ। यस अवधिमा तपाईंले केही अचानक खर्चको सामना गर्नुपर्ने हुन सक्छ। बोलीमा तितोपन आउन सक्छ । व्यावसायिक जीवनमा आफ्नो क्षमता प्रमाणित गर्न कडा परिश्रम गर्नुपर्ने हुन सक्छ।

