थुप्रै रिपोर्टहरूका अनुसार म्यानचेस्टर युनाइटेडका फरवार्ड मेसन ग्रीनवुड यस सिजनमा खेल समय नपाएकोमा दुखी छन् र क्लबमा क्रिस्टियानो रोनाल्डोको प्रभावबाट निराश छन्।
गत सिजनमा पूर्व प्रशिक्षक ओले गुन्नार सोल्स्कजायरको नेतृत्वमा ग्रीनवुडले क्लबका लागि मुख्य भूमिका खेलेका थिए तर रोनाल्डो यसै सिजन ओल्ड ट्राफोर्डमा फर्किएपछि उनले सीमित रूपमा मात्र अवसरहरू पाएका छन्। २० वर्षीय खेलाडीले नोभेम्बरमा सोल्स्कजायरको वार्खास्ती पछि अन्तरिम प्रबन्धकको भूमिकामा रहेक्ला राल्फ रङ्गनिकको नेतृत्वमा अहिलेसम्म प्रिमियर लिगमा एक खेल पनि सुरु गर्न बाँकी छ।
स्पेनी अखबार एल नेसियोनलका अनुसार क्लबमा रङ्गनिकको नेतृत्वमा रोनाल्डो पहिलो रोजाइक फरवार्ड रहँदा आफ्नो अवसर निकै सिमीत भएकोमा ग्रीनवुड निकै चिन्तित रहेका छन्। थुप्रै युरोपेली क्लबहरुले उनी माथि चासो देखाएको समयमा उनले पनि यसबारे विचार गरिरहेको बुझिएको छ। बार्सिलोना, युभेन्टस र आर्सनलले यो सिजन १७ खेलमा पाँच गोल गरेका ग्रिनउडमा चासो राखेको एल नेसिओनलको दाबी छ।
बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले ग्रीनवुडलाई “भविष्यको स्टार” को रूपमा हेर्दा क्लबका मुख्य प्रशिक्षक जाभी पनि अर्को युनाइटेड फरवार्ड एन्थोनी मार्शलको सट्टा २० वर्षीयालाई अनुबन्ध गर्न चासो देखाउन सक्छन्। ग्रीनवुडको भविष्य बारे चर्चा चलिरहँदा अहिले अर्को चर्चा पनि चलिरहेको छ कि उनले म्यानचेस्टरमा आफ्नो सम्झौता लम्ब्याउनु अघि दुई वर्ष पहिले म्यानचेस्टर युनाइटेड छोड्न “जीवन परिवर्तन गर्ने पैसा” प्रस्ताव गरिएको थियो।
द एथलेटिकको टक अफ द डेभिल्स पोडकास्टका अनुसार, जुभेन्टसले तत्कालीन १८ वर्षका युवालाई सेरी ए मा जानको लागि आकर्षक सम्झौता प्रस्ताव गरेको थियो। यद्यपि, युनाइटेडले उनलाई म्यानचेस्टर मै रहन मनाउन सफल भयो र उनले ओल्ड ट्राफोर्डमा नयाँ चार वर्षको सम्झौतामा हस्ताक्षर गरे।