पीएसजीका स्टार खेलाडी नेयमारले इन्स्टाग्राममा आफ्ना टिममेट लियोनेल मेस्सी, एन्जेल डि मारिया र लिआन्ड्रो परेडेसको ट्रियोलाई मजाकमा गाली गरेका छन्। यी चार खेलाडीहरू हाल पीएसजीको टोलीमा रहेका कुल सात दक्षिण अमेरिकीहरू मध्येमा रहेका छन्।

परेडेसले २०२१ कोपा अमेरिका ट्रफी देखाउँदै मेस्सी र डि मारियासँगको आफ्नो तस्बिर इन्स्टाग्राममा पोष्ट गरेका थिए। जुलाईमा भएको फाइनलमा ब्राजिललाई हराउँदै अर्जेन्टिनाले २८ वर्षपछि पहिलो पटक प्रमुख अन्तर्राष्ट्रिय ट्रफी जितेको थियो। नेयमारका साथै ब्राजिलियन मार्किन्होस र राफिन्हा पनि फ्रेन्च क्लबमा अर्जेन्टिनी ट्रियोसँग एकसाथ खेल्दै आएका छन्। यस्तोमा यो भन्न ठिक हुनसक्छ कि यी तीन ब्राजिलियन स्टारलाई परेडेसको पोष्टके खुसी ट पक्कै मिलेन।

तर, पूर्व बार्सिलोना स्ट्राइकर नेयमारले भने एक कदम अगाडि बढेर ठट्टा गर्दै आफ्ना सहकर्मीलाई गाली गरे। उनले कमेन्टमा हाँस्ने इमोटिकन पनि थपेका छन्। अर्जेन्टिनी मिडफिल्डरले गरेको पोष्टमा नेयमारले एउटा हाँसेको एमोजी राख्दै ‘पुटोस’ लेख्दै कमेन्ट गरेका छन्। जसलाई नेपालीमा अनुबाद गर्दा कमबख्त हुन जान्छ, जसलाई नेपालीमा सोझै तरिकाले ‘साले’ हरु पनि भन्न मिल्छ।
View this post on Instagram
नेयमार हाल चोटका कारण मैदान बाहिर रहेका छन्। पीएसजीको च्याम्पियन्स लिगको नकआउट चरणको पहिलो लेगमा फेब्रुअरी २२ मा रियल म्याड्रिड विरुद्धको खेलमा २९ वर्षीय खेलाडी फर्किने पीएसजीले विश्वास गरेको छ।

