हप्ताको पहिलो दिन घटेर दोस्रो दिन बढेको सुनको मूल्य तेस्रो दिन भने ह्वात्तै घटेको छ। शुक्रबारको तुलनामा आइतबार प्रतितोला ८ सय रुपैयाँले गिरावट आएको सुनको मूल्यमा सोमबार भने २ सय रुपैयाँको वृद्धि आएको छ। मंगलबार भने सुनको भाउमा पुन: ८ सय रुपैयाँको भारी गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य ८ सय प्रतितोलाले घटेको छ। सोमबार तोलाको ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापवाला सुनको भाउ मंगलबार ८ सयले घटेर तोलाको ९३ हजार रुपैयाँमा किनबेच भइरहेको छ।
त्यस्तै, तेजाबी सुनको भाउमा पनि आज ८ सय रुपैयाँले गिरावट आएको छ। आइतबारको तुलनामा सोमबार २ सय रुपैयाँले बढेर तोलाको ९३ हजार ३ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य मंगलबार ८ सय रुपैयाँले घटेर तोलाको ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्यमा पनि गिरावट
मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार १२ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोहि भाउमा कारोबार भएको थियो। सोमबारको तुलनामा १० रुपैयाँले घटेर मंगलबार चाँदीको मूल्य १२ सय ३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ।