नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयर आजदेखि विक्रीमा

काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकको शतप्रतिशत हकप्रद शेयर बुधवारदेखि विक्री खुला भएको छ । कम्पनीले मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र आवेदन दिन सकिने गरी शतप्रतिशत हकप्रद शेयर विक्रीमा ल्याएकोे हो । यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि मंसिर २४ गते एक दिन बुक क्लोज गरेकाले मंसिर २३ गतेसम्म कायम शेयरधनीहरु मात्र आवेदन दिनका लागि योग्य भएका छन् ।
कम्पनीले १ बराबर १ को अनुपातमा रू. १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर विक्री गर्ने भएको हो ।

यो हकप्रद शेयर खरीदका लागि पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर प्रयोगकर्ताहरुले सो मार्फत पनि आवेदन दिन सक्नेछन् ।

गत असार ४ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि मंसिर ३ गते बोर्डबाट अनुमति पाएको हो । कम्पनीको यो हकप्रद शेयरलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर सिंगल सी प्लस रेटिङ्ग प्रदान गरेको छ । यस अघि पनि कम्पनीले २०७७ साल माघ १३ गतेदेखि फागुन ३ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरेको थियो ।

कम्पनीले २०७७ साल माघ १६ गते सम्पन्न १९औं वार्षिक साधारण सभाबाट २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले १०० प्रतिशत मात्र हकप्रद निष्काशन गर्न कम्पनीलाई स्वीकृति दिएसँगै सोही अनुपातमा हकप्रद निष्कासनको स्वीकृति पाएको हो । पूँजी वृद्धिमा जोड दिईरहेको उक्त कम्पनीको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कुल सम्पत्ति रू. ३५ करोड २१ लाख ३४ हजार छ ।

प्रकाशित : बुधबार, पुष ०७, २०७८०८:३०

ह्वात्तै बढ्ने भयो सहकारीको ब्याज ! कति पुग्ला ?