पीएसजी भर्सेस रियल: रामोस र मेस्सी बर्नबेउ फिर्ता, रियलका खेलाडी एम्बाप्पे पेरिसको जर्सीमा ?

एजेन्सी – लाजमर्दाे र विवादास्पद गल्तीपछि युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको रि ‘ड्र’ मा स्पेनिस महारथी रियल म्याड्रिडले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) प्रतिद्वन्द्वी पायो ।

रियल र पिएसजीबीचको खेललाई यो सिजनको च्याम्पियन्स लिगकै सबैभन्दा रोमाञ्चक, चाखलाग्दो र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । यि दुई क्लबबीच राम्रो सम्वन्ध रहेको छ । यही खेलले यि दुई क्लबबीचको सम्वन्धलाई के कस्तो असर पार्ने हो, त्यो हेर्न बाँकी छ । यस्तै मनमोहक कथा भएको अर्काे खेल विरलै हुन सक्छ ।

पिएसजी र रियलबीचको प्रि–क्वाटरफाइनलको पहिलो लेग पिएसजीको मैदानमा १५ फेब्रुअरीमा तथा दोस्रो लेग रियलको मैदानमा ९ मार्चमा हुनेछ ।

एमबाप्पे रियल म्याड्रिडका खेलाडी हुन् ?

फेब्रुअरीमा दुई क्लबहरु आमानेसामने हुँदा यो सम्भव छ कि घटनाक्रम विकसित भएको अवस्थामा केलियन एमबाप्पेको भविष्य पहिले नै रियल म्याड्रिडमा प्रतिज्ञा गरिएको छ । एमबाप्पेको पिएसजीसँगको सम्झौता सिजनको अन्त्यसँगै सकिँदैछ । यसको मतलब यो हो कि जनवरीदेखि उनले अन्य क्लबसँग वार्ता गर्न पाउनेछन् र समरमा फ्रि एजेन्ट हुनेछन् ।

सर्जियो रामोसको पूनरागमन

फिटनेस ठीक भएको अवस्थामा सर्जियो रामोसले सान्टियागो बर्नबेउमा खेल्न सक्नेछन् । त्यहाँ उनको छुट्टै सम्बन्ध छ । तर, उनले क्लबबाट राम्रो बिदाई पाएपनि क्लबले उनलाई राख्न नचाहेपछि उनी बिदा भएका थिए । त्यसैले त्यो बर्नाबाउको भिडबाट उनले कस्तो स्वागत पाउनेछन्, त्यो हेर्न रोचक हुनेछ ।

मेस्सीको बर्नबेउ फिर्ता

धेरै फरक कारणले अर्काे परिचित व्यक्तित्व लियोनेस मेस्सी यसपटक पनि प्रतिद्वन्द्वीको रुपमा सान्टियागो बर्नाबेउ फर्कदैछन् । यो सिजन क्याटलान क्लब छाडेर पिएसजी पुगेपछि यति छिट्टै बर्नाबाउ फर्कने कमै अनुमान गरिएको थियो । ला लिगाको इतिहास हेर्ने हो भने रियल समर्थक उनलाई हेर्दा पक्कै खुशी हुनेछैनन् ।

दुई अध्यक्षको प्रतिस्पर्धा

रियल म्याड्रिडले एमबाप्पेलाई अनुबन्ध गर्न खोज्दा दुई क्लबबीचको सम्वन्धमा केही तिक्तता आएको छ । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र पिएसजीका अध्यक्ष नासेर अल खेलाफीसँगै खेल हेर्न बस्छन् वा खाना सँगै खान्छन् त्यो हेर्न लायक हुनेछ ।

सबैका प्रिय केलर नाभास

रियल र पिएसजीबीचको अर्काे सम्वन्ध गोलरक्षक केलर नाभास हो, जसलाई रियल म्याड्रिडका समर्थकहरुले राम्रो स्वागत गर्ने निश्चित छ । किनकि उनी रियलले च्याम्पियन्स लिग जित्दाका महत्त्वपूर्ण सदस्य थिए ।

घरमा अचरफ

पिएसजीका राइट ब्याक अचरफ हाकिमी रियल म्याड्रिडको एकेडेमीमार्फत आएको उत्कृष्ट खेलाडी हुन् । तर, उनले रियलको पहिलो टोलीमा स्थान बनाउन निकै संघर्ष गर्नुपर्यो । रियलबाट डर्टमुन्ड हुँदै इन्टर मिलान पुगेका अचरफ यो सिजन नै पिएसजी पुगेका हुन् । आफुलाई विश्वस्तरीय डिफेन्डरको रुपमा स्थापित गर्न क्लब छाड्नु परेपछि आफुले प्रमाणित गर्ने एउटा विन्दु रहेको महसुस गर्न सक्नेछ ।

डि मारियाको लागि असहज फिर्ता

रियल म्याड्रिका अर्जेन्टिनी पुर्व फरवार्ड एन्जल डि मारिया पिएसजीको महत्वपुर्ण खेलाडी हुन् । तर, उनले पनि रियल म्याड्रिड खुशीका साथ छाडेका थिएनन् । पछिल्लो समय उनी क्याटलान क्लब बार्सिलोनासँग जोडिएको छ ।

रियलमा लियानार्दाेको आक्रमण

पिएसजीका खेलकुद निर्देशक लियोनार्दाेले रियल म्याड्रिले एमबाप्पेलाई अनुबन्ध गर्ने प्रयासको सबैभन्दा धेरै आलोचना गरेका छन् । एमबाप्पेको विषयमा उनी फिफा समक्ष पुग्ने योजनामा पुगिसकेका थिए । सान्टियागो बर्नबेउमा अध्यक्ष नासेरलाई भन्दा उनलाई कम स्वागत हुन सक्छ ।

प्रकाशित : बुधबार, पुष ०७, २०७८१०:३३

फुट्यो पीएसजी: एम्बाप्पे एकातिर मेस्सी र नेयमार अर्कोतिर !