हालान्ड बारे रोनाल्डोको टिप्पणीले तरंग पैदा, ‘बेस्ट बन्न गार्हो छ’ भने रोनाल्डोले !

क्रिस्टियानो रोनाल्डोको बोरुसिया डर्टमुन्डका एर्लिङ हालान्डको बारेमा गरेको विगतका टिप्पणीहरू अहिले डर्टमुन्ड स्टार म्यानचेस्टर युनाइटेड जाने अफवाहहरू बीच सामाजिक सञ्जालमा छाएको छ। युनाइटेड धेरै वर्षदेखि नर्वेली स्ट्राइकरको प्रशंसक रहेको छ।

ओले गुन्नार सोल्स्कजायरले उनलाई मोल्डेमा तालिम दिएका थिए भने राल्फ रान्ग्निकले पनि उनीसँग आरबी साल्जबर्गमा काम गरेका थिए। हालान्डलाई जर्मन क्लबमा ल्याउने सम्झौतामा रंगनिक पनि संलग्न थिए र म्यानचेस्टर युनाइटेडमा पनि त्यस्तै चाहन्छन्। जे भए पनि, रोनाल्डोले पहिले ‘द मिरर’ लाई दावी गरेका थिए कि हालान्ड एक दिन विश्वको उत्कृष्ट खेलाडी मध्ये एक हुन सक्छ।

रोनाल्डोले भनेका थिए, “भविष्यमा कुन खेलाडी सबैभन्दा उत्कृष्ट हुन्छन् भन्न निकै गार्हो रहेको छ। तर युवा खेलाडी जस्तै; एर्लिंग हालान्ड र एम्बाप्पे जस्ता खेलाडी देख्दा निकै खुसी लाग्छ। केही खेलाडीहरूको एक वा दुई उत्कृष्ट सिजनहरू हुन सक्छन्, वास्तवमै उत्कृष्ट खेलाडीहरू ती हुन् जसले सिजन पछि सिजन उत्कृष्ट प्रदर्शन गरिरहन्छन्, र त्यो गर्न त्यति सजिलो छैन। यसका लागि धेरै मेहनत र धेरै प्रतिबद्धता चाहिन्छ।”

२१ वर्षीय स्टार खेलाडी हालान्डले डर्टमन्डका लागि ५४ बुन्डेसलिगा खेलमा ५३ गोल र १३ असिस्ट प्रदान गर्दा उनले अहिलेसम्म अपेक्षाभन्दा बढी उत्कृष्ट प्रदर्शन गरेका छन्।

प्रकाशित : बुधबार, पुष ०७, २०७८१२:२५

“सलाह भनेका मेस्सी सरहका खेलाडी हुन्, टप ३ खेलाडीमा पर्छन्”