लिभरपुलका सुपरस्टार मोहम्मद सलाह हाल आफ्नो करियर कै सर्वश्रेष्ठ लयमा रहेका छन्। इजिप्टियनलाई फ्यान र पण्डितहरूले अहिले विश्वकै उत्कृष्ट खेलाडीको रूपमा प्रशंसा गरिरहेका छन्।
पूर्व म्यानचेस्टर युनाइटेड र आर्सनल स्टार मिकेल सिल्भेस्ट्रेले पनि सलाहको बारेमा यस्तै प्रशंसा गरेका छन्। उनले पूर्व चेल्सी स्टारलाई हाल विश्वका शीर्ष तीन उत्कृष्ट खेलाडीको सूचीमा पनि राखेका छन्। मोहम्मद सलाह हाल प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता र शीर्ष असिस्ट प्रदायक हुन्। लिभरपुल स्ट्राइकरले क्लबका लागि यस सिजन जम्मा १५ गोल गरेका छन् र नौ असिस्ट प्रदान गरेका छन्।
रोमाबाट लिभरपुलसँग अनुबन्ध भएसँगै सलाह निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। यो कसैको लागि ठूलो उपलब्धि हो जसलाई लगातार “वान-सिजन ओन्डर” भनेर लेबल गरिएको थियो। पूर्व म्यानचेस्टर युनाइटेड खेलाडी र प्रिमियर लिग लिजेन्ड मिकेल सिल्भेस्ट्रेले भर्खरै एसआईसँग एक अन्तर्वार्ता दिए जहाँ उनलाई सालाहको बारेमा उनको राय सोधिएको थियो। सिल्भेस्ट्रेले आफ्नो असाधारण कौशल र गोल गर्ने क्षमताको लागि इजिप्टियनको प्रशंसा गरे।
उनले सालाहको क्षमतालाई सात पटकका बालोन डी’ओर विजेता लियोनल मेस्सीसँग पनि तुलना गरेका छन्। उनले भने, “मैले उनको खेल हेर्छु, हरेक खेलमा उनले दुई वा तीन पटक सार्है उत्कृष्ट मुभ गर्छन् र यति कौशलका साथ गर्छन् कि डिफेन्डरलाई उनलाई रोक्न नै सक्दैनन्। यदि रोके भने पनि त्यो निकै जोखिमपूर्ण तरिकाले: वा त्यो पेनाल्टी हुन्छ वा फ्री-किक। उनीसँग मेस्सीको जस्तै हरेक समय बललाई नियन्त्रण गर्न सक्ने क्षमता छ।”
उनले थपे, “अहिले, उनी निश्चित रूपमा निकै माथि छन्। उनको बालोन डी’ओर स्थानलाई बेवास्ता गर्नुहोस्, म मेस्सीलाई माया गर्छु तर उनी पहिलो, क्रिस्टियानो छैठौं र सलाह सातौं? हालको लयमा, सलाह निश्चित रूपमा शीर्ष ३ मा पर्छन्।”

