नेप्से हरियाली: उच्च अंकको वृद्धि, यी कम्पनीका लगानीकर्ता भए मालामाल !

काठमाडौँ – बुधबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक आज ९२.१६ अङ्कले बढेर २४१५.५५  मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.८३ अङ्कले ओरालो लागेर ४५३.५३ मा पुगेको छ ।

कूल २३३ कम्पनीको ८१ लाख ४  हजार ३१९ कित्ता शेयर रु ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ मूल्यमा खरिद बिक्री भए । यसदिन कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ।

बुधबार बैंकिङ ३७.१४, व्यापार २०२.८७, होटल तथा पर्यटन १०३.५८, विकास बैंक २३०.६३, जलविद्युत् १६२.६६, वित्त ७४.६, निर्जीवन बीमा ४८७.३६, उत्पादन ४५२.०३, अन्य ६४.९, लघुवित्त १८२.८७, जीवन बीमा ५०२.७७ र लगानी ३.८९ अङ्कले उकालो लागे ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो बैंकको ६८ करोड ३४ लाख बराबरको सेयर कारोबार भयो ।  यस्तै १५ करोड ८२ लाख बराबरको सेयर कारोबार  गरी अपर तामाकोशी दोस्रो स्थानमा रह्यो।

यसदिन ४ कम्पनीको १० प्रतिशतले सेयर मूल्य बढेको छ। ६ कम्पनीको ९ प्रतिशत बढीले मूल्य बढेको छ। अरूण भ्याली हाइड्रोपावर, बरूण हाइड्रोपावर, शिवम् सिमेन्ट र अपर तामाकोशीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

प्रकाशित : बुधबार, पुष ०७, २०७८१६:५१

लगातार २ दिन घटेको सुनको भाउ आज ह्वात्तै बढ्यो, कति ?