लालिगा उडायो रियल म्याड्रिडले ? अब कसले रोक्नु, जीत माथि जीत !

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको दुई गोल सहयोगमा स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले एथलेटिको बिल्वाओलाई पराजित गरेको छ ।

रियलले बिल्वाओलाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो । बिल्वाओका ओइहान सान्सेटले एक गोल फर्काए । सबै तीन गोल पहिलो हाफको सुरुवाती १० मिनेटभित्र भएको थियो ।

सान मामेस वारिया बिल्वाओका बुधबार राति भएको खेलको चौथो मिनेटमा नै करिम बेन्जेमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । उनले टोनी क्रुसको पासमा गोल गरेका थिए । सातौ मिनेटमा बेन्जेमाले व्यत्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे । जारी सिजनको ला लिगामा उनको यो १५औं गोल हो । उनले १८ खेल खेल्दा ७ असिस्ट समेत दिएका छन् ।

१०औं मिनेटमा ओइहान सान्सेटले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । उनले ओस्कार डि मार्काेसको पासमा गोल गरेका थिए । घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि रियलले थप गोल गर्न नसक्दा पहिलो हाफको नतिजा नै रियलको जितमा पर्याप्त बन्यो ।
रियलले आफ्नो सिनियर टोलीका ११ खेलाडीविना नै बिल्वाओविरुद्ध खेलेको थियो । तर त्यसको प्रभाव खेलमा देखिएन ।

यो जितसँगै रियलले शीर्षस्थानमा ८ अंकको अग्रता बनाएको छ । रियलको १९ खेलबाट ४६ अंक पुगेको छ । एक खेल कम खेलेको दोस्रो स्थानमा रहेको सेभियाको ३८ अंक छ । पराजित बिल्वाओ २४ अंक जोडेर दशौं स्थानमा रहेको छ ।

ला लिगाकै अर्काे खेलमा एट्लेटिको म्याड्रिड ग्रानडासँग २–१ ले स्तब्ध बनेको छ । जोओओ फेलिक्सले गोल गर्दै सुरुवाती अग्रता दिलाएपनि त्यसलाई जोगाउन नसक्दा एट्लेटिको स्तब्ध बन्न पुग्यो । ग्रानडाका डार्विन माचिस र जर्ग मोलिनाले गोल गरे ।

यो जितसँगै ग्रानडा १८ खेलबाट २२ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ । पराजित एट्लेटिकोले शीर्ष चारमा उक्लने मौका गुमाएको छ । एट्लेटिको २९ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित : बिहिबार, पुष ०८, २०७८११:५६

नेपालीलाई दाल-भात र रामोसलाई रातो कार्ड उस्तै: नखाई नहुने, दोस्रो खेलमै पाए रातो कार्ड !