लगातार दुई दिन घटेको सुनको भाउ बिहिबार भने ह्वात्तै बढेको छ। गत दुई दिनमा १२ सय रुपैयाँले घटेको सुनको मूल्य आज एकैदिन ७ सय रुपैयाँले उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुनको भाउ तोलाको ७ सय रुपैयाँले घटेको छ। मंगलबारको तुलनामा बुधबार ४ सय रुपैयाँले घटेको छापवाला सुनको मूल्य बिहिबार भने ७ सय रुपैयाँको वृद्धि आएको हो। जससँगै आज छापवाला सुनको भाउ तोलाको ९३ हजार ३ सय कायम भएको छ।
त्यस्तै, तेजाबी सुनको मूल्य पनि बिहिबारको दिन ७ सयले नै उकालो लागेको छ। बुधबार ९२ हजार १ सय रुपैयाँमा किनबेच भएको तेजाबी सुन्ज बिहिबार ७ सयले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य पनि बढ्यो
बिहिबार चाँदीको भाउमा पनि वृद्धि भएको छ। बुधबार १२ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार भने १५ रुपैयाँले बढेर १२ सय ६० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।