बार्सिलोना आर्थिक सङ्कटमा रहेको हुनसक्छ तर यसले उनीहरूलाई आगामी जनवरी ट्रान्सफर विन्डोमा ५० मिलियन भन्दा बढीको खेलाडी क्लबमा भित्रयाउनबाट नरोक्ने देखिएको छ। एउटा सम्झौता म्यानचेस्टर सिटीसँग अगाडि बढ्ने देखिन्छ जसले फेरान टोरेसलाई ब्लकबस्टर ट्रान्सफरमा नोउ क्याम्पमा प्रवेश गराउँनेछ।
जाभी प्रबन्धकको रूपमा आइपुगेपछि नयाँ अनुबन्ध गर्नको लागि हताश छन् र अध्यक्ष जोन लापोर्टा पनि यस क्रममा जाभीको इच्छाहरू पूरा गर्न उत्सुक छन्। टोरेस केही समयको लागि स्पेनिस प्रशिक्षकको नजरमा थिए जसले आक्रमण पङ्क्तिमा वाइड रहेर खेल्ने क्षमता राख्छन्। सिटी स्टारले बार्साका लागि सबै बक्सहरू टिक गर्छन्। २१-वर्षीयले पनि क्लबका खेल समयको अभाव रहेको कारण सिटी छाड्ने आफ्नो निर्णय बताईसकेका छन्।
सिटीका लागि सुरुवाती ११ मा पर्दा निकै उत्कृष्ट प्रदर्शन गरेपनि क्लबमा निरन्तर खेल समय नपाएको कारण स्पेनिस स्टार खेलाडी इतिहाडमा निराश छन्। चार प्रिमियर लिगमा मात्रै, स्पेनी अन्तर्राष्ट्रियले दुई पटक गोल गरेका छन् र एक सहयोग पनि प्रदान गरेका छन् तर खुट्टा फ्रयाकचर भएकोले पनि यस सिजनमा उनको पीडा थपिएको छ।
यस्तोमा आर्थिक सङ्कटमा रहेको बार्सिलोनाले ५० मिलियन भन्दा बढी पर्ने खेलाडी अनुबन्ध गर्न खोज्नु धेरैका लागि नपच्न पनि सक्छ। यद्यपि जाभी र लापोर्टासँग यस्ता धेरै खेलाडीहरू छन् जो अब नोउ क्याम्पमा फिट हुँदैनन् र बेच्न सकिन्छ। बहिर्गमनसँग जोडिएको सबैभन्दा ठूलो स्टार फ्रेन्की डे जोङ हुन्, जसको मूल्य ८१ मिलियन छ।
क्लब छाड्न आग्रह गरिएको अर्को खेलाडी सर्जिनो डेस्ट हो, जसको मूल्य २७ मिलियन रहेको छ। जाभीको प्रशिक्षणमा पेकिङ अर्डरमा खसेपछि अमेरिकीको हस्ताक्षरका लागि बायर्न म्युनिख र सिटी दुई क्लब इच्छुक रहेका छन्। तीन खेलाडीहरू नियमित रूपमा क्लबबाट बाहिरिने खबरसँग जोडिएका छन्: फिलिपे काउटिन्हो, स्यामुएल उम्टिटी र ओस्मान डेम्बेले – मूल्य क्रमशः १८ मिलियन, ४.५ मिलियन र ४५ मिलियन रहेको छ।
त्यस्तै, अन्य खेलाडीहरुमा ला मासिया उत्पादन युवा स्टार रिकी पुज रहेका छन् जसको ट्रान्सफर मूल्य १३.३ मिलियन रहेको छ। च्याम्पियन्स लिगको अन्तिम खेलमा बार्यन म्युनिखसँग पराजित हुँदै युरोपा लिगमा घटुवा भएपछि बार्यन खेलाडीसँग हाँस्दै लठारियेका डिफेन्डर क्लेमेन्ट लेन्गलेटले पनि यसै जनावरीमा बार्सिलोना छाड्न सक्छन्।