ओलीको गलामा १५१ किलोको माला !

नेकपा एमालेको जिल्ला समिति पर्साले आयोजना गरेको एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई १५१ किलोको माला लगाइएको छ।

एमाले जिल्ला समिति पर्साको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा पार्टी कार्यकर्ताहरुले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १५१ किलोको माला लगाइदिएका हुन्। पर्साको जगरनाथपुर गाउँपालिकाले गरेको पार्टी प्रवेश कार्यक्रममा सामेल हुनको लागि ओली पर्सा पुगेका हुन्।

विभिन्न पार्टीबाट बाहिरिएर नेकपा एमाले चुन्दै पार्टी प्रवेश गर्ने प्रतिवद्दता जनएका थुप्रै सदस्यलाई स्वागत ओलीले गर्ने कार्यक्रम रहेको छ।

नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले कांग्रेस समृद्ध नेपाल निर्माणको अभियानमा लाग्ने बताउनुभएको छ । नेपाल तरुण दलका अध्यक्षसमेत रहनुभएका उहाँका सम्मानमा आज तरुण दल केन्द्रीय कार्यालयमा आयोजना गरिएको ‘सम्मान कार्यक्रम’मा उहाँले पार्टीको १४औँ महाधिवेशनले आगामी दिनमा पार्टीको भविष्य उज्ज्वल बनाएको बताउनुभएको हो ।

“कांग्रेसले आगामी दिनमा तीनै तहको निर्वाचनमा बहुमत ल्याएर समृद्ध नेपाल बनाउने अभियानमा लाग्नेछ,”उहाँले भन्नुभयो । कांग्रेसलाई आगामी दिनमा ठूलो, राम्रो र जनताको पीरमर्का बुझ्ने पार्टी बनाउने उहाँको भनाइ थियो । आगामी तीनै तहको निर्वाचनमा तेरो मेरोभन्दा पनि राम्रो व्यक्तिलाई टिकट दिनुपर्ने उहाँले बताउनुभयो ।

नेता बस्नेतले पार्टीका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईले देखाएको इमान्दारिता र निष्ठाको बाटोमा हिँडेमात्र कांग्रेस बलियो बन्ने उल्लेख गर्नुभयो । तरुण पार्टीको मेरुदण्ड भएकाले आगामी दिनमा तरुण दललाई बलियो बनाउनका लागि आफ्नो साथ र सहयोग रहने उहाँको भनाइ थियो ।

तरुण दलका उपाध्यक्ष उत्तम चापागाईँले अध्यक्ष बस्नेतको जीत सिङ्गो देशभरीको तरुणको जित भएको जनाउँदै तरुणका साथीलाई आगामी दिनमा समेटेर अगाडि बढ्न आग्रह गर्नुभयो । संविधानको सफल कार्यान्वयनका लागि कांग्रेसको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो ।

प्रकाशित : बिहिबार, पुष ०८, २०७८१६:३२

बिरामी भनेर अस्पताल पुर्याइएका कैदी मोटरसाइकल लिएर टाप कसेपछि …