नयाँ वर्ष चाँडै सुरु भैसकेको छ। ज्योतिष शास्त्रमा नयाँ वर्षका लागि सबै किसिमका भविष्यवाणी गरिन्छ। यो भविष्यवाणी ग्रहहरूको राशि चक्रमा हुने परिवर्तन र नक्षत्रहरूको चालमा निर्भर गर्दछ। ज्योतिषशास्त्रमा भनिएको छ कि जब कुनै ग्रहले आफ्नो राशि परिवर्तन गर्छ, त्यसले सबै राशिलाई असर गर्छ। यो राशि परिवर्तन कुनै राशिका लागि शुभ र कसैका लागि अशुभ हुन्छ ।
२०२२ मा दुईवटा ठूला र महत्वपूर्ण ग्रह राशि परिवर्तन हुनेछन् । यी ग्रहहरू बृहस्पति र शनि हुन्। सबै ग्रहहरूमा बृहस्पति सबैभन्दा शुभ ग्रह हो, जसले एक वर्षपछि आफ्नो राशि परिवर्तन गर्नेछ। १३ अप्रिल २०२२ मा बृहस्पतिले आफ्नो राशि परिवर्तन गर्नेछ। देवगुरु बृहस्पति सन् २०२२ मा मीन राशिमा प्रवेश गर्नेछन्। बृहस्पतिको आफ्नै राशिमा हुने गोचरले केही राशिका व्यक्तिहरूलाई धेरै शुभ फल दिनेछ। आउनुहोस् जानौं ती राशिका कुन कुन हुन्।
वृश्चिक राशि
मीन राशिमा बृहस्पतिको गोचरका कारण २०२२ साल वृश्चिक राशिका लागि निकै राम्रो रहनेछ। आर्थिक लाभ हुने सम्भावना छ । सन् २०२२ मा यो राशिका मानिसहरुलाई भाग्यको पूरा साथ मिल्नेछ । पैतृक सम्पत्तिबाट लाभ मिल्ने प्रबल संकेतहरू छन्। वृश्चिक राशि बृहस्पतिको मित्र भएकाले यस राशिका व्यक्तिलाई वर्षभर राम्रो लाभ मिल्ने सम्भावना छ ।
धनु राशि
सन् २०२२ तपाईंको लागि धेरै भाग्यशाली रहनेछ। धनु राशिका मानिसहरुमा बृहस्पतिको शुभ प्रभाव रहनेछ । रोजगारीका लागि राम्रो अवसर मिल्नेछ र जागिरमा पदोन्नति हुन सक्छ, जसका कारण तपाईं पहिले भन्दा आर्थिक रूपमा बलियो बन्नुहुनेछ। हरेक काममा भाग्यको साथ मिल्नेछ । सन् २०२२ व्यापार व्यावसायमा लागेकाहरूका लागि नाफा कमाउने वर्ष रहनेछ। धनु राशिका मानिसहरुमा गुरुको शुभ प्रभाव वर्षभर रहनेछ, जसका कारण तपाईंको लागि वर्ष शुभ रहनेछ ।
कुम्भ राशि
२०२२ साल तपाईंका लागि जागिरमा धेरै कुरा ल्याउने छ। तपाईंको आर्थिक अवस्था वर्षभर राम्रो रहनेछ। यो वर्ष तपाईंले धेरै धन जम्मा गर्न सक्षम हुनुहुनेछ। नयाँ व्यापारको थालनीका लागि यो वर्ष निकै राम्रो रहनेछ । आर्थिक कार्यमा मनग्गे लाभ मिल्नेछ । परिवारको सहयोग मिल्नेछ ।