सुपरएजेन्ट मिनो राइओलाले भर्खरै गरेको टिप्पणी अनुसार स्पेनिस महारथी बार्सिलोनासँग फुटबलमा ठूला नामहरूलाई आकर्षित गर्ने शक्ति सधैं हुनेछ। उनका अनुसार बार्सिलोना हालको वित्तीय दुर्दशाको बावजुद, ट्रान्सफर मार्केटमा आक्रामक रूपमा देखिन अब धेरै समय लाग्दैन।
स्पेनिस क्लबका धेरै उच्च-प्रोफाइल लक्षित खेलाडीहरु राइओलाका क्लाएन्ट हुन्, र जाभीसँग बार्सिलोनामा आफ्नो कार्यकालमा क्याटालान्सको पुरानो महिमा पुनर्स्थापित गर्न प्रयास गर्न चाहिने खेलाडीहरूको स्पष्ट सूची छ। निस्सन्देह, गोल गर्न बार्साको हालैको समयमा देखिएको संघर्षलाई ध्यानमा राख्दै शीर्ष-स्तरीय स्ट्राइकर समावेश गर्नु महत्त्वपूर्ण छ।
यस्तोमा राइओला कै सबैभन्दा ठूला क्लाएन्ट एर्लिंग हालाण्ड यसका लागि सबैभन्दा उत्तम विकल्प हुनेछन्। उनको लागि प्रतिस्पर्धा र उच्च पैसा संलग्न क्लबको सबैभन्दा ठूलो चुनौती हो। जसको कारण फिओरेन्टिनाका डुसान भ्लाहोभिकलाई विकल्पको रूपमा हाइलाइट गरिएको छ। आगमन र बहिर्गमन सूचीमा धेरै प्रमुख नामहरू छन्। उसमाने डेमबेलेको निरन्तरताले यी कारोबारहरूमा महत्त्वपूर्ण कारक खेल्नेछ।
मथाईज डी लिग्ट, अर्का राइओलाका क्लाएन्ट, पनि एक सम्भावित लक्षित खेलाडीको रूपमा पुनरुत्थान भएका छन्। युभेन्टसमा, विभिन्न रिपोर्टका अनुसार, खुसी नरहेका उनी बार्सिलोनाका लागि टेलर-मेड खेलाडी हुनसक्छन्। अवश्य पनि, सबैभन्दा तत्काल र यथार्थपरक लक्ष्य म्यानचेस्टर सिटीका फेरान टोरेस रहेको प्रष्ट देखिन्छ, जसलाई बार्सिलोनाले म्यानचेस्टर युनाइटेडका स्ट्राइकर एडिन्सन काभानी, छोटो अवधिको विकल्पको रूपमा, का साथमा साँच्चै जोड दिइरहेको देखिन्छ।
त्यस्तै, बार्सिलोनाका लागि अन्य पनि धेरै सुदृढीकरणहरू छन्, जस्तै नि: शुल्क एजेन्टको रूपमा आज्याक्सका राइट ब्याक मज्रओुइ। यदि बार्सिलोनाको योजना सफल भएको खण्डमा क्लबको लागि उत्कृष्ट सम्भावित लाइनअप निम्न रूपमा देखिनेछ:-
टेर स्टेगेन (इनाकी पेना); मज्रओुइ (ड्यानी आल्भेस); अराउजो (पिके), डी लिग्ट (एरिक गार्सिया), जोर्डी अल्बा (बाल्डे); डी जोङ (सर्जियो बुस्केट), पेड्रि (निको), ग्याबी; अन्सु फाती (ओल्मो), हालान्ड (काभानी), फेरान टोरेस (अब्डे)।